नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8315 · वि.सं. २०६७
नि.नं. 8315 — कर्तब्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आवेश प्रेरित हत्यामा मूलतः मृतकको ज्यान मार्ने मनसाय वा पूर्व रिसइवी नभएपनि कुनै विषयमा केही गर्दा वा भनाभन वा विवाद हुँदा तत्कालै रिस उठी सो रिसलाई थाम्न सक्ने सामर्थ्य गुमाई आरोपित व्यक्तिले मृतकउपर साधारण लाठी, ढुंगा प्रहार गर्दा वा लात मुक्का वा यस्तै प्रकारको गैर जोखिमी साधनले प्रहार गर्दा त्यसको प्रहारको चोटबाट तत्कालै वा ऐनका म्यादभित्र ज्यान मर्न गएको स्थिति हुनु पर्ने । (प्रकरण नं.६) § भवितव्यको वारदातमा ज्यान मार्ने मनसाय वा पूर्व रिसइवी नभई कसैले केही कार्य गर्दा त्यस्तो कार्यबाट मानिसको ज्यान जानसक्ने स्थिति पनि नदेखिएको र तत्काल रिस उठी सो रिसको आवेगमा त्यस्तो कार्य गरेको स्थिति पनि नभएको, सामान्य समझको मानिसले हेर्दा पनि कुनै कार्यबाट मानिस मर्नसक्ने सम्मको अवस्था नहुँदा नहुँदै पनि त्यही कार्यबाट केही भई मानिस मर्न गएको स्थिति हुनुपर्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8315 |
|---|---|
| मुद्दाको विषय | कर्तब्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2066/10/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री सुशीला कार्की |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8315 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
