नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8329 · वि.सं. २०६७

नि.नं. 8329 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

 न्यायिक पुनरावलोकन हुन नसक्ने भनी संविधानले निर्धारण गरेका सीमा रेखाहरू संविधानले अंगीकार गरेका आधारभूत सिद्धान्त, मूल्य तथा मान्यताहरूसँग मेल नखाने भएमा वा संविधानद्वारा प्रदत्त मौलिक हक हनन् गर्ने खालका काम कारवाही वा निर्णयहरू समेत न्यायिक पुनरावलोकनको दायरा बाहिर राख्ने संवैधानिक व्यवस्था आफैंमा पनि सर्वोच्च अदालतको न्यायिक पुनरावलोकनको विषय हुनसक्ने । (प्रकरण नं.७)  कुनै व्यक्तिको पेशा, रोजगारी तथा मौलिक हकको रुपमा संवैधानिक संरक्षण प्राप्त अन्य हक अधिकारसँग प्रत्यक्ष रुपमा सम्बन्धित विषयमा भएका निर्णयहरूलाई न्यायिक आत्मसंयमको सिद्धान्तको नाममा न्यायिक पुनरावलोकनको दायराबाट हटाउन नमिल्ने । (प्रकरण नं.८)  कुनै पनि संवैधानिक निकायमा नेपालको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरूको बहुमत वा अल्पमत संलग्नता भएको भन्ने आधारमा यस्ता संवैधानिक निकायहरूले गरेका निर्णय तथा काम कारबाहीको न्यायिक पुनरावलोकनबाट उन्मुक्ति पाउन नसक्ने । (प्रकरण नं.९)  संविधानमा गरिएको व्यवस्थालाई संकुचन गर्ने वा पूर्व शर्त थप्ने वा उक्त संवैधानिक व्यवस्थाको प्रयोगलाई कठिन तथा बोझिलो बनाउने किसिमबाट उक्त संवैधानिक व्यवस्थाको प्रयोगको विषयमा बनाइएको ऐनको व्यवस्थाको व्याख्या गरिन नहुने ।  सचेत गराउन सक्ने भन्ने स्वविवेकीय अधिकारले स्वाभाविक रुपमा विषयवस्तुको गम्भीरता र तथ्यगत विश्लेषणलाई विचार पु¥याउने अनुमति दिन्छ । यदि त्यसबाट सचेत नगराइकनै पदमुक्त गर्नुपर्ने निष्कर्षमा निर्णय गर्ने अधिकारी वा निकाय पुगेमा त्यसलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8329
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2066/12/26
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री भरतराज उप्रेती | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित एक सदस्यीय जाँचबूझ समितिले मिति २०६१र११र३ मा न्याय परिषद समक्ष प्रस्तुत गरेको प्रतिवेदन अनुसार रिट निवेदकको कार्य सम्पादनमा कार्य क्षमताको अभाव देखिएकोले निजको सम्बन्धमा न्याय परिषद ऐन २०४७ को दफा ४क को उपदफा ९२० को खण्ड ९घ० को अवस्था विद्यमान रहेको देखिन आएको भनी राय प्रतिवेदन प्रस्तुत भए पछि
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8329
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्