नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8342 · वि.सं. २०६७

नि.नं. 8342 — अदालतको अपहेलना

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अदालतको गरिमा र मर्यादा कायम गरी जनविश्वास अक्षुण्ण राख्दै जनविश्वास अभिवृद्धि गर्नु नै अपहेलनाको कारवाहीको मकसद हुने हुँदा कसैले आत्मआलोचना गरी क्षमा माग्दछ र अदालतप्रति विश्वास व्यक्त गर्दछ भने अदालत त्यसप्रति क्षमाशील हुनुपर्ने । § स्वच्छ टीकाटिप्पणी र आलोचनाबाट नै गल्ती त्रुटि सच्चिने, काममा निखार आउने, काम गर्ने व्यक्तिमा सजगता बढने र परिणामत काम कारवाही आदेश फैसलाप्रति जनविश्वास वढ्ने भएकाले न्यायालय, न्यायमूर्ति, अन्य न्यायकर्मीको आचरण व्यवहार, निजहरूले गरेको आदेश फैसला समेतमा पूर्वाग्रहरहित भै स्वच्छ रुपमा टिकाटिप्पणी, आलोचना गर्दा अदालतको अपहेलनाको विषय बन्न नसक्ने । (प्रकरण नं. ४) § अपहेलनाको कारवाहीको निवेदक वा प्रतिवेदक जो भएपनि अदालतको अपहेलनाको कारवाहीमा अदालत स्वयं वादी हुने भएकाले निवेदन वा प्रतिवेदनमा के दावी वा जिकीर छ भनी व्यक्तिवादी मुद्दाको जस्तो दावीमा केन्द्रीत नभई व्यक्त विचार, टीकाटिप्पणी, आलोचना वा गरेको क्रियाकर्म कुन परिवेश, समय र कुन प्रयोजनको लागि कस्तो व्यक्ति वा संस्थाले कुन मकसदबाट गरेको छ हेरी वस्तुनिष्ठ भै अदालतको अपहेलना भएको छ वा छैन भनी निर्क्र्यौल गर्नुपर्ने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8342
मुद्दाको विषयअदालतको अपहेलना
निर्णय वर्ष / मिति2066/10/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
उद्धरण सन्दर्भने.का.प. २०६७, नि.नं. 8342
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्