नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8324 · वि.सं. २०६७
नि.नं. 8324 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
सरकारले आफूद्वारा नियन्त्रित संस्था सञ्चालन वा त्यसले गर्ने कार्य निजी क्षेत्रलाई कति दिने, कसरी दिने वा के गर्ने भन्ने कुरा सरकारको नीतिगत विषय हुँदा अदालतले निर्देशित गर्न नसक्ने भएकाले सुलभ र गुणस्तरयुक्त पेट्रोलियम पदार्थको उपभोगको सुनिश्चितताका लागि नेपाल आयल निगम बाधक रहेको मान्न नमिल्ने । (प्रकरण नं. ५) उपभोक्ता अधिकारको विषयमा विभिन्न कानूनी प्रबन्ध गरिएको अवस्थामा त्यसको प्रभावकारी कार्यान्वयनमा नेपाल सरकार जिम्मेवार रुपमा प्रस्तुत हुनै पर्दछ । कानून बनाउने तर लागू गर्नेतर्फ अपेक्षित क्रियाशीलता नदेखाउने हो भने कानून प्रतिको सम्मानभावमा क्रमशः गिरावट आउन सक्ने । (प्रकरण नं. ६) के कस्ता उद्योग, व्यापार वा सेवामा राज्यले आफ्नो भूमिका आवश्यक देख्दछ भन्ने कुरा राज्यले अवलम्वन गरेको राजनीतिक प्रणाली, आर्थिक नीति र राज्यको क्षमताका साथै निजी क्षेत्रको क्षमता र विश्वसनीयता समेतमा निर्भर रहने । (प्रकरण नं. ७) आयल निगमको खारेजी गरी त्यसले गर्दै आएको कार्य निजी क्षेत्रबाट सञ्चालन गरिँदैमा पेट्रोलियम पदार्थको सहज र सुलभ आपूर्ति भै उपभोक्ताको हित संरक्षण हुने कुराको प्रत्याभूति न्यायिक निर्णयबाट हुन नसक्ने । राज्य आफैंले जिम्मा लिँदा र निजी क्षेत्रलाई जिम्मा दिँदा पनि राज्यको भूमिका अपरिहार्य हुने प्रकृतिको कार्यमा न्यायिक हस्तक्षेप गरी राज्यलाई भूमिकाविहीन तुल्याउन नसकिने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8324 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2066/11/13 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला | माननीय न्यायाधीश श्री बलराम के.सी.को राय । | माननीय न्यायाधीश श्री बलराम के.सी.को रायसँग सहमत नभएकोले सर्बोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) अनुसार पूर्ण इजलासमा पेश गर्नू भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको राय सहितको संयुक्त इजलासबाट मिति २०६४।१०।६ मा भएको आदेश । | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारीको राय सदर हुने ठहर्छ । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६७, नि.नं. 8324 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
