लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ मा “साथमा” भन्ने बेहोरा उल्लेख भएकोबाट अभियुक्तको शरीर, निजले बोकेको वा निजको स्वामित्वको मालवस्तु र अन्य कुनै तेस्रो व्यक्तिको उपस्थिति नरहेको सवारी साधन, वाहन आदिमा फेला परेको हुनुपर्ने । (प्रकरण नं.६) मानिसहरूको नियमि…
रीतपूर्वक लिखत गरी रजिस्ट्रेसन पास गरिदिएको हुनुपर्ने अनिवार्यता कानूनले निर्धारण गरेको अवस्थामा मौखिक रूपमा “मेरो भोगको सम्पत्ति तिमीले मलाई खुशी पारेबापत दिएँ” भनी भनेको आधारमा त्यस्तो सम्पत्ति प्राप्त गर्ने व्यक्तिले निजी रूपमा प्रयोग गर्न पाउने हुन्छ भनी अ…
सरकारवादी भई कैदको सजाय हुन सक्ने फौजदारी अभियोगमा मुद्दा चलेको र निजहरू न्यायिक प्रक्रियामा नै रहेको अवस्थाका व्यक्तिलाई अन्यथा पर्याप्त र मनासिब कारण नदेखिएसम्म निजले रोजेको निजी घर, अस्पताल वा यस्तै अन्य ठाउँमा बस्ने गरी रोज्ने वा छनौट गर्न पाउने छुट नहुने…
एक वर्षसम्म कैद हुने ठहर भएका जुनसुकै मुद्दाका कसुरदारका हकमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ को प्रावधान आकर्षित हुने पनि होइन । यस प्रकारको सुविधा प्रदान गर्नुअगाडि निर्णयकर्ताले कसुरको प्रकृति, गम्भीरता, कसुरदारको उमेर, कसुर गरेको तरिका, आच…
महिलाको शरीर र अस्मिता विरूद्ध हुने जघन्य अपराधमा पीडितको भनाइलाई अदालतले अत्यन्त गम्भीरताको साथ लिनुपर्ने हुन्छ । जबरजस्ती करणी मुद्दाको पहिलो साक्षी भनेको पीडित आफैँ हो । अरू प्रत्यक्ष प्रमाणहरूसँग बाझिएको, पीडितको भनाइमा निकै विरोधाभाष देखिएको, पीडितको भनाइ…
अपाङ्गता भन्ने विषय व्यक्तिको शारीरिक, मानसिक, बौद्धिक रूपमा पहिलेदेखि नै स्थापित भइरहेको अवस्था हुँदा जहिले पनि पुष्टि हुने । त्यस्तो अपाङ्गतासम्बन्धी प्रमाणपत्र लिनु र नलिनुले अपाङ्गता भएको यथार्थलाई नकार्न नसक्ने । प्रमाणपत्रले उक्त यथार्थलाई औपचारिकता प्रद…
प्रचलित कानूनबमोजिम मुद्दा हेर्ने अधिकारीबाट कसुर अनुसन्धानको लागि हिरासतमा राख्ने म्याद थप गरी साधिकार निकायबाट मुद्दाको अनुसन्धान तहकिकात भइरहेको हुँदा प्रचलित कानूनले अनुसन्धान अधिकारीलाई कसुर अनुसन्धान गर्न तोकेको कर्तव्यमा बाधा पुग्ने गरी तथा मुद्दा हेर्न…
सहप्रतिवादीको बयान पोलका आधारमा मात्र कोही कसैलाई कसुर गरेको ठहर गर्न प्रमाणमा ग्रहण गरिँदैन तर सो सबै अवस्थामा लागु हुन्छ भन्ने नहुने । वारदातको अवस्था र स्थिति तथा त्यस्तो बयानलाई अन्य स्वतन्त्र कागज प्रमाणहरूले समर्थन गरेको अवस्था भएमा प्रमाणमा लिन सकिने न…
जेथाजमानी दिने जमानीकर्ताको दायित्व पालना गराउने सन्दर्भमा जमानतको दायित्व पूरा गर्ने जानकारीको सूचनासहितको उचित मौका जमानीकर्तालाई प्रदान गर्नुपर्ने हुन्छ । सोअनुरूप धरौटीबापत जमानत दिएको सम्पत्ति जफत गर्नुपूर्व जमानतबापतको रकम दाखिला गर्ने सूचनासहितको जानकार…
प्रतिषेधको रिट कुनै क्षेत्राधिकारविहीन कारबाही कुनै न्यायिक, अर्धन्यायिक वा प्रशासनिक निकायमा चलिरहेको अवस्थामा त्यस्तो निकायको निर्णय हुनुभन्दा पहिले नै त्यस्तो प्रक्रिया रोकिपाउँ भनी दिने निवेदन हो । उक्त रिट निवेदनको उद्देश्य सम्बन्धित अधिकारीलाई आफ्नो क्षे…
निवेदन बेहोराबाट नै निवेदकले आफ्नो वास्तविक ठेगाना स्वीकार गरिरहेको अवस्थामा आफ्नो नामको समाह्वान म्यादबारे निज अनभिज्ञ, बेखबर रहेछन् भन्ने अर्थ गर्नु औचित्यपूर्ण नहुने । (प्रकरण नं.७)
स्वास्थ्यको अधिकारअन्तर्गत स्वतन्त्रता (Freedom) र हक (Entitlements) दुवै पर्दछन् । स्वास्थ्यको हक (Entitlements) ले स्वास्थ्य सुरक्षाको प्रणालीबाट संरक्षणको अधिकार समावेश गर्दछ । स्वास्थ्यको अधिकारभित्र स्वास्थ्य हेरचाह (Health Care), आवश्यक सेवाको उपलब्धता (…
कुनै पनि शिक्षक कर्मचारी बिदा स्वीकृत नगराई विद्यालयमा अनुपस्थित भएमा सो अवधिको तलब भत्ता नपाउने भन्ने व्यवस्था सेवा विधिशास्त्र (Service Jurisprudence) को आधारभूत मान्यता हो । तर यस्ता व्यवस्थालाई कठोर तरिकाले नहेरी परिस्थिति र अवस्थाको आधारमा हेरिनुपर्ने । क…
लेनदेन व्यवहारको १० नं. को अवस्था रहेकोमा सँगै बसेका हकवाला वा अंशियारले सोही महलको ११ नं. को व्यवस्थाबमोजिम तोकिएको हदम्यादभित्र निखन्न नगएकोले निजको हक समाप्त भएको अर्थ गरी प्राथमिकताको क्रममा रहेका अन्य हकवाला वा मोहीले निखन्न पाउने हक स्वतः सिर्जना भएको र…
सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन, २०४९ को दफा ५२ मा नै त्यस्तो व्यक्तिले कुनै परीक्षा दिनुपर्ने छैन भन्ने व्यवस्था भएबाट निजको योग्यता परीक्षण नहुने स्पष्ट भएको र त्यसरी दरखास्त दिनुपर्ने व्यवस्था एउटा प्रक्रियाको रूपमा मात्र रहेको देखिन्छ । त्यसबापतमा…
दुवै पक्षलाई राखी अन्तरिम आदेशका सम्बन्धमा छलफल भई माग भएको विषयमा अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता देखिएमा मात्र अदालतले अन्तरिम आदेश जारी गरी भए गरेका काम कारबाही रोक्न सक्ने अवस्थाको सिर्जना हुने । अदालती प्रक्रिया बाँकी रहेको अवस्थामा…
मुद्दा र प्रतिवादी एउटै भएको अवस्थामा मुद्दा फैसलाको क्रममा सजाय निर्धारणका लागि लिइएको उमेर गणनाको आधारलाई नै सजाय छुटको प्रयोजनार्थसमेत प्रमाणको रूपमा ग्रहण गरिनु पर्दछ l एउटै अधिकारी वा निकायले प्रदान गर्ने सेवामा मनासिब कारण बिनै दोहोरो मापदण्डको अवलम्बन ग…
स्पष्ट कानूनी मार्गदर्शनको शून्यतामा विधायिकी मनसायअनुरूप कानूनको व्याख्याका क्रममा प्रतिपादन हुने कानूनी सिद्धान्त नै नजिरको रूपमा रहने हुँदा यो विषय धेरै हदसम्म मुद्दाको तथ्य, प्रचलित कानूनी व्यवस्था र उपलब्ध प्रमाणसँगको त्रिकोणात्मक आयामको रूपमा परिभाषित हु…
§ तीन जना वा सो भन्दा बढी व्यक्तिहरुको संलग्नतामा भएको तीन बर्ष भन्दा बढी कैद सजाय हुने अपराधिक कार्य संगठित अपराध हुने कुरामा कुनै दुविधा रहेको पाईएन। प्रस्तुत मुद्दामा तीन जना भन्दा बढी प्रतिवादीहरुको प्रत्यक्ष वा परोक्ष रुपमा संलग्नता रहेको देखिने। § संगठि…
कसैले कुनै सार्वजनिक वा सामाजिक कार्य गर्छु भनी गैरसरकारी संस्था गठन गर्यो तर सो कार्य गर्न पाएन वा उसले गर्न खोजेको कार्यमा कुनै व्यवधान आयो भने उसले संस्थाको विधानमा सार्वजनिक कार्य गर्ने कुरा लेखेको छ भन्ने मात्र कुराले त्यो सार्वजनिक सरोकारको विवाद बनिहा…
मनसाय पहिलेदेखि नै योजनाबद्ध रूपले हुनुपर्छ भन्ने नभई वारदातकै समयमा पनि मनसाय विकसित हुन सक्ने । बञ्चरो जस्तो धारिलो हतियारले टाउको जस्तो संवेदनशील अङ्गमा प्रहार गर्दा मृत्यु हुन सक्छ भन्ने कुरा सामान्य सुझबुझ भएको मानिसको जानकारीमा रहने नै देखिने । (प्रकरण…
बालबालिकाको अधिकारको परिप्रेक्ष्यमा किशोर अवस्थामा रहेका कानूनले बालबालिका हुन् भनी निर्धारित गरेको उमेर समूहभित्र देखिएका वा सामान्यतया २० वर्षको उमेरसम्मका किशोर किशोरीहरूबिच हुने असुरक्षित यौन सम्बन्धसँग सम्बन्धित कसुरजन्य कार्यमा कानून कार्यान्वयन गर्दा उद…
§ साधिकार अदालतबाट भएको र अन्तिम भई बसेको फैसला न्यायिक प्रकृयाबाट बदर नभएसम्म वा अदालतबाट अन्यथा आदेश नभएसम्म सो फैसलाको कार्यान्वयन गर्नु सम्बन्धित सवैको कर्तव्य बन्दछ। अदालतबाट भएको फैसला कार्यान्वयन नगरी सो फैसलाको औचित्यमा प्रवेश गरेर फैसलाको वैधता परीक्ष…
कम्प्युटर अपरेटर करारमा राखेर काम गर्ने हो भने निजामती सेवामा स्थायी रूपमा कार्यरत रहेका सहायक कम्प्युटर अपरेटरको वृत्ति विकास ठप्प हुन सक्छ । लोक सेवा आयोगको विभिन्न काममध्ये निजामती सेवाको निमित्त उपयुक्त उम्मेदवार छनौट गर्ने काम पनि हो । अन्य वृत्ति विकासको…