(१) वादी दावी पूरै वा आंशिक तवरले प्रतिवादीले स्वीकार गरेको भन्न मिल्ने अवस्थाको नदेखिई वादीको वारेसले तारिख गुजारेको मुद्दा अ.बं.१७९ तथा १८५ क.अनुसार इन्साफ गर्न नमिल्ने डिसमिस हुने । वादी दावीको प्रसंगसमेतबाट प्रस्तुत मुद्दामा वादी दावी पूरै वा आंशिक तवरले प…
(१) तत्काल प्रचलित साहू आसामीको ४नं.– भोगबन्धकी तमसुक भएको भए उक्त ऐनअनुसार तमसुक नै दरपिठ गर्नुपर्ने तमसुक नपाइएको भएमात्र सोही व्यहोरा जनाई छुट्टै भरपाई गराई लिनुदिनु गर्नुपर्ने तमसुक फेला नपरेको भन्ने व्यहोरा नजनिएको भरपाइले कानूनी मान्यता पाउन सक्ने नदेखिन…
(१) वादीका लेखबाटै देवानी तथा जालसाजी समेतको फौजदारी मुद्दा मिश्रित भएको र जालसाजी भनेकोमा वादीको हक पुगिसकेको सम्पत्तिमा जालसाजी भयो भन्ने उल्लेख पनि नभएको, ठगीको ऐनले ठगीको परिभाषाभित्र नपर्ने कुरालाई ठगीमा समावेश गरी गरेको नालिस अ.बं.७२।८२ र ठगीको १ नं.बमोज…
(१) घरको मुख्य जानिफकार बाबु छँदाछँदै १७ बर्षको छोराको नाममा गराएको लिखत कानूनले बन्देज गराएको कुरा नहुने । सो राजीनामामा हक छाडिदिएको जग्गा विगाहा २ जग्गा विगाहा २।।।२।।।४ मध्ये भन्ने लेखिएकोमा सो २।।।२।।।४ को अंक बेगलै मसीले पछि थपेको भन्ने जुन तर्क उठाइएको…
(१) तत्काल प्रचलित अंशबण्डाको ६ नं. अनुसार खण्डे अंश पाउनु पर्ने भनी नालिस २०१९।२।१७।४ मा दर्ता भएको देखिए नालिस गर्दाको अवस्थामा प्रचलित साविक मुलुकी ऐन अंशबण्डाको ६ नं. बमोजिम निर्णय हुने । यसमा प्रतिवादी सोमराजबाट पनि अंश दिलाइपाउँ भनी वादीले दावी गरेकोमा न…
(१) जबरजस्ती करणी गरेको रीस थाम्न नसकी १ घण्टाभित्रै करणी लिएको थलोमै मारेको देखिन आए सजायको भागी नहुने । अब कस्ले कर्तव्य गरी मारेको हो भन्नेतर्फ विचार गर्दा चुलामा आई छोरा नरबहादुरले मलाई लडाई बलात्कार करणी गर्यो । ढोका उघार्न जाँदा उघार्न दिएन आधा घण्टापछि…
(१) भ्र.नि.ऐन परिच्छेद २ अन्तर्गतको अपराध ठहरी विगो खाए मासे हिनामिना गरेको ठहरेमा सो ऐनले विगोसमेत लाग्ने देखिन आउने, विगो भराइपाउँ भन्ने छुट्टै दावी भइरहनु पर्ने नदेखिने । दोस्रो प्रश्नको हकमा भ्रष्टाचार निवारण ऐन, ०२२ द्वारा संशोधित मूल ऐनको दफा २९ (१) मा य…
(१) धेरैजना उपरको छुट्टाछुट्टै बिषयको कुरामा अ.बं.९८ नं. ले एउटै नालिसबाट इन्साफ गर्न नमिल्ने । तत्सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा तत्काल प्रचलित साविक मुलुकी ऐन अदालती बन्दोबस्तको ९८ नं.मा एउटै फिरादपत्रमा एउटै मानिसले एउटै मानिसउपर जतिसुकै बिषयको कुरा…
(१) अनिश्चित कुरालाई आधारभूत प्रमाण मान्न नहुने । सहअभियोगी हुँ भन्ने कान्छी पँडेनीले रुद्रप्रसादलाई पोल गरेको छ । निज रुद्रप्रसाद इन्कारमा रहेको छ । सहअभियोगीले पोल गरेको कुरा अरू प्रष्ट प्रमाणले समर्थन के कति गर्न सकेको छ भन्नेतर्फ हेर्दा रुद्रप्रसादको कमिज…
(१) अन्य ज्यानमुद्दामा भएको अंश रोक्का मुचुल्काकै भरबाट अंश छुट्टिई भिन्न भइसकेको भनी लेनदेन व्यवहारको ४० नं. को हदम्याद कायम गर्न नमिल्ने । यसमा निर्णयतर्फ विचार गर्दा जेठा बाजे रामनरसिंका नाममा दर्ता भई जग्गा गोश्वारै रही भागशान्ति खण्डी लगाई भोग गरिआएको हाम…
(१) भोगबन्धकीमा साहूले जब जग्गामा भोग गर्न आउँछ, त्यही मितिदेखि नै जालसाजीको उजूर गर्ने हदम्याद शुरू हुने । यसमा आदेशबमोजिम झिकाइएका वादी गजलाल लिम्बुलाई २३।९।१७ गते हाजिर हुन आउनु भनी यस सर्वोच्च अदालतबाट तोकेको तारिखदेखि नै हाजिर नभई तारिख गुजारी बसेका र प्र…
(१) लेख्नजान्ने कारणीको ल्याप्चे सहीभन्दा लेखात्मक सहीकै बढी महत्त्व हुने, लेख्न जान्ने व्यक्तिको लेखात्मक सही भएपछि ल्याप्चे सही लगाएको छैन भने पनि त्यो कागज अमान्य नहुने । यसमा प्रतिवादीले रू.८०१। लिई २०।८।११ मा गरिदिएको दृष्टिबन्धकी तमसुक पास गरिदिएन पास गर…
(१) जुन अपराधलाई नै घटेको हो वा होइन भनी शंका बुझिएको छ भने अभियुक्तलाई सजाय गर्न मनासिव नपर्ने । यस मुद्दामा भने बस्तु नै नभएकोले पुष्टि हुने कुरा गुज्रन गएन, सामान्य नियमले पोलाहाले पुर्याउनु पर्ने सबूत अभियुक्तले वारदात गरेकै थियो । वादरदातमा अभियुक्त थियो…
(१) हक बेहकतर्फ ठहर गर्नुपर्ने स्थिति नभएकोमा हकबेहकको बयानमा खुलाएको बिगोको आधारमा हदमाथिको हुने भन्न नमिल्ने । यो मुद्दा हदमुनि या माथि के हुने हो भन्ने सम्बन्धमा हेर्दा हकबेहकको जुन बयानमा खुलाएको मोल बिगो रू.१०,०००। लाई कायम मानी हदमाथिको भनी बागमती अञ्चल…
(१) कानूनबमोजिम रीत पुगेको लिखतको अभावमा ऐनबमोजिम रजिष्ट्रेशन पास नभई कपाली भएको लिखतसम्मको आधारमा जग्गा साहूले भोग तिरो गरेको छ भने पनि भोग तिरोसम्मको आधारमा जग्गामा साहूको हक दावी पुग्न नसक्ने, यस्तो अवस्थामा जग्गा मिच्नेको १८ नं. को हदम्यादको प्रश्न नउठ्ने,…
(१) नापी मुन्सिफामा दायर भएको उजूर अदालतमा सर्न नसक्ने, त्यस्तो मुन्सिफामा दायर भएको उजूरलाई कायम मानी अदालतले आफ्नो अधिकारक्षेत्र ग्रहण गरी न्यायिक निर्णय दिन कानूनले मिल्ने नदेखिने । मुद्दा हेर्नेसम्बन्धमा यो यस्तो किसिमको मुद्दा यहाँबाट हेरिने भनी तत्काल प्…
(१) कानूनमा व्यवस्था नभएको तरिकाबाट जहिलेसुकै पनि उजूरी लिई प्रतिवेदन मागी आदेश, पर्चा, फैसला बदर गर्दा न्यायिक प्रणालीमा अनिश्चितताको वातावरण फैलिने । द.स.को ४४ नं. ऐनअन्तर्गतको बिषय लिई सहायक अञ्चलाधीशले आदेश दिएको र सोलाई डिभिजन बेञ्चले सदर गरेको छ । मधेश म…
(१) वादीले जे जति कुरामा दावी लिएको छ, त्यतिसम्म कुरामा अदालतले इन्साफ गर्नुपर्ने उजूरी भई दावी नलिएको कुरामा पछि उठाएको वादविवादलाई लिएर इन्साफ ठहर गर्न नमिल्ने । वादीको नालिस दावीमा मैले सानुभाइ महर्जनसँग राजीनामा गराई लिएको मेरो मोहियानी हकको जग्गामा मैले ल…
(१) अञ्चल अदालतले ठाडो देवानीमा दर्ता गरी निर्णय आदेश गर्ने कानूनी व्यवस्था नभएको। निवेदक गणेशमान श्रेष्ठले चढाएको कं.९९ नं. को निवेदनपत्रमा बक्स भएका हुकूम प्रमांगीबमोजिम सर्वोच्च अदालत सिंगलबेञ्चबाट दुवै पक्ष राखी जो बुझ्नु पर्ने बुझी मामिलाको तहबाट निर्णय ह…
(१) अड्डैबाट चलन चलाई दिइसकेपछि पनि चलन नछाडी जबरजस्ती गरेमा पहिलो दोस्रोपटक कायम गरी कानूनबमोजिम सजाय हुने । कानूनी व्यवस्थातर्फ विचार गर्दा प्रचलित मुलुकी ऐनको महल २ दण्डसजायको नं.४३ मा फैसलाबमोजिम चलन पाउने बस्तु चलन चलाई माग्ने दर्खास्त परेपछि अड्डैबाट चलन…
(१) दाइजो पाउने स्वास्नी मरी स्त्री अंश धनको ५ नं. अनुसार मर्नेको उत्तराधिकारीको नाताको क्रमले लोग्नेले खान पाउने भई लोग्नेको व्यक्तिगत हक हुन आएको दाइजो सम्पत्तिमा अरू अंशियारको अंश लाग्ने नदेखिने, त्यस्तो लोग्ने पनि मरी अर्की स्वास्नी जीवित छँदै अरू अंशियारक…
(१) लाग दावी नै नभएको बन्धकी बिषयमा निर्णय दिनु कानूनसंगत नहुने । यसमा राजीनामाको लिखत रजिष्ट्रेशन पारित गराइपाउँ भन्ने वादीको मुख्य वादी र सो लिखत झुक्याएर गराएको पारित हुनु पर्ने होइन भन्ने प्रतिवादीको मुख्य प्रतिवाद जिकिर भएकोले सो लिखत झुक्याएर गराएको हो ह…
(१) साझेदारी कायम नहुने भएपछि साझेदारी काममा लगाएको पुँजीको रूपैयाँ फिर्ता दिनु नपर्ने भन्न नमिल्ने । वादी र प्रतिवादी अष्टरत्नको बीचमा भएको ०२२।५।२२ को साझेदारीको शर्तनामामा ढुङ्गाखानीको कामको साझेदारी भई वादीले लगाएको पूँजी वादीले पछि फिर्ता लिन नपाउने भन्ने…
(१) कारोवार लेनदेन भन्नाले कर्जा लेनादेना बाहेकको अन्य कुनै कारवाहीलाई संकेत गर्ने हुनाले साहू आसामी बनी कर्जा लिनुदिनु गरेको व्यवहार हो भन्न नमिल्ने र यस्तोमा साहू आसामीको ३८ नं. को २ बर्षभित्रमा नालिस गर्नुपर्ने । यसमा साविक मुलुकी ऐन साहू आसामीको २ नं.बमोजि…