नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 815 · वि.सं. २०३१
नि.नं. 815 — पास नामसारी बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अन्य ज्यानमुद्दामा भएको अंश रोक्का मुचुल्काकै भरबाट अंश छुट्टिई भिन्न भइसकेको भनी लेनदेन व्यवहारको ४० नं. को हदम्याद कायम गर्न नमिल्ने । यसमा निर्णयतर्फ विचार गर्दा जेठा बाजे रामनरसिंका नाममा दर्ता भई जग्गा गोश्वारै रही भागशान्ति खण्डी लगाई भोग गरिआएको हाम्रो हकसमेत लाग्ने बिक्री गरेको बदर गरिपाउँ भन्ने बिषय लेनदेन व्यवहारको १० नं. ले रजिष्ट्रेशन भएको मितिले १ बर्षसम्ममा थाहापाएको ३५ दिनभित्र उजूर गर्नुपर्ने सो म्याद नाघी फिराद दर्ता भएकोले खारेज हुने ठहर्छ भनी डिभिजन बेञ्चबाट निर्णय भएको देखिन्छ । निवदेकतर्फका विद्वान अधिवक्ताले निवेदक वादी अघिदेखि अलग भई छुट्टिई जग्गाको भागशान्ति आयस्ता खाई छुट्टी भिन्न भई आएको र सोअनुसार नै ज्यान मुद्दामा प्रतिवादी माधवलालको अंश रोक्का हुँदा भएको मुचुल्काबाट पनि अंश भई छुट्टिसकेको भन्ने देखिएको हुँदा लेनदेन व्यवहारको १० नं.नलाग्ने ऐ.४० नं.कै हदम्याद लाग्ने भई म्यादभित्रै फिराद दायर भएको छ भन्ने बहसमा जिकिर लिएको हकमा मानिकलाल मरेको ज्यान मुद्दामा भ.पु.अ.त.बाट ०१५।६।१।४ मा प्रतिवादी माधवलालको अंश रोक्का भएको मुचुल्का हेर्दा मौका मौकामा आफ्नो भाग लिइसकेको र अचल घर जग्गा बण्डा नभई आफ्नो–आफ्नो भागको आयस्ता लिई खाइरहेको माधवलालको धनमाल केही नभएको घरखेत लेखिदिएको छु । समुचा घरखेतमा माधवलालले ६ खण्डको १ खण्डमात्र पाउनेभन्ने उल्लेख भएको सम्म देखिने निवेदक वादी र प्रतिवादी माधवलाल, कृष्णमाया अंशियार हो भन्नेमा निवेदक वादीको मुख मिलेकै र ति अंशियारहरू भिन्न भई बण्डा भइसकेको अंश छुट्टी लगत भिन्न भएको कानूनको रीत पुगेको रजिष्ट्रेशन पास भई अंश अंश छुट्टी भिन्न भएको भन्ने र मानो छुट्टी अलग भएको समेतको रीतपूर्वकको लिखत प्रमाण छ भन्न र प्रमाणमा पेश दाखिल गर्न सकेको देखिँदैन । अचल घर जग्गा बण्डा नभई आफ्नो–आफ्नो भागको आयस्ता लिई खाइरहेको ६ खण्डको १ खण्ड माधवलालले पाउने भन्ने ज्यानमुद्दामा भएको उक्त अंश रोक्का मुचुल्काकै भरबाट प्रतिवादी माधवलालसँग निवेदक वादीहरू अंश छुट्टी भिन्न अगल भइसकेको भनी लेनदेन व्यवहारको ४० नं. को हदम्याद कायम गर्न मिल्दैन । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 815 |
|---|---|
| मुद्दाको विषय | पास नामसारी बदर |
| निर्णय वर्ष / मिति | 2030/12/06 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 815 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
