नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 805 · वि.सं. २०३१
नि.नं. 805 — जग्गा चलन चलाइपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अड्डैबाट चलन चलाई दिइसकेपछि पनि चलन नछाडी जबरजस्ती गरेमा पहिलो दोस्रोपटक कायम गरी कानूनबमोजिम सजाय हुने । कानूनी व्यवस्थातर्फ विचार गर्दा प्रचलित मुलुकी ऐनको महल २ दण्डसजायको नं.४३ मा फैसलाबमोजिम चलन पाउने बस्तु चलन चलाई माग्ने दर्खास्त परेपछि अड्डैबाट चलन चलाई दिने व्यवस्था भएको त्यसरी अड्डैबाट चलन चलाई दिएकोमा र अड्डैबाट पुर्जि भएपछि पनि चलन गर्न नदिई जबरजस्ती गरेको ठहर्यो भने त्यस्ता जबरजस्ती गर्नेलाई पहिलापटक सो मोल विगोको सयकडा १० जरिवाना गर्नुपर्छ दोस्रोपटक जबरजस्ती गर्यो भने सो मोल विगोको सयकडा २० जरिवाना वापत कैद गर्नुपर्छ...भन्ने समेत उक्त ४३ नं. को देहाय ६ मा उल्लेख भएको देखिने प्रधान न्यायालयको फैसलाले जिती पाएको जग्गा चलन चलाइपाउँ भनी पहिलो दर्खास्त परेको मुद्दामा प्रतिवादीको चलन छोडाई वादीलाई चलन चलाई दिने समेत ठहराएको सुरूको सदर गरी डिभिजन बेञ्चबाट समेत फैसला भइराखेको देखिएकोले वादीले प्रधान न्यायालयबाट जिती पाएको जग्गा फैसला तथा द.स.को ४३ नं.बमोजिम रीत पुर्याई प्रतिवादीलाई अड्डैबाट चलन चलाई दिइसकेपछि पनि चलन नछाडी जबरजस्ती गरेमा पहिलो दोस्रोपटक कायम गरी कानूनबमोजिम सजाय हुन आउने हो प्रस्तुत मुद्दामा सोबमोजिम चलन चलाई दिइसकेको नभई प्रधान न्यायालयले वादीले जिती पाएको जग्गालाई चलन चलाइपाउँ भनी पहिले दर्खास्त दिएको मुद्दामा अड्डैबाट चलन चलाई दिने ठहराएको सुरूको सदर गरेको डिभिजन बेञ्चको ०२२।११।१४ को फैसलाबमोजिम वादीबाट प्रतिवादीलाई अड्डैबाट चलन चलाई दिइसकेको अवस्थाको नभई पहिले दर्खास्त दिएकोमा जरिवाना भएकोले दोस्रोपटक दर्खास्त दिन आएको छु चलन चलाइपाउँ भन्ने दर्खास्तबाट चलन चलाउने कारवाई भई चलन छाड्दैनौं भनी प्रतिवादीले कागज गरिदिएकोमा दोस्रोपटक चलन नछाडी जबरजस्ती गरेको भनी सजाय गर्न मिल्ने देखिँदैन । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 805 |
|---|---|
| मुद्दाको विषय | जग्गा चलन चलाइपाउँ |
| निर्णय वर्ष / मिति | 2030/12/13 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 805 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
