नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 823 · वि.सं. २०३१
नि.नं. 823 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तत्काल प्रचलित साहू आसामीको ४नं.– भोगबन्धकी तमसुक भएको भए उक्त ऐनअनुसार तमसुक नै दरपिठ गर्नुपर्ने तमसुक नपाइएको भएमात्र सोही व्यहोरा जनाई छुट्टै भरपाई गराई लिनुदिनु गर्नुपर्ने तमसुक फेला नपरेको भन्ने व्यहोरा नजनिएको भरपाइले कानूनी मान्यता पाउन सक्ने नदेखिने । यही दर्ताको जग्गा वादीले प्रतिवादी गोवर्द्धन भन्ने रत्नलालको दाजु जगलाल रानाभाटबाट रू.११००। मा १९७६ सालमा भोगबन्धकी लिएको सो भोगबन्धकी थैली रू.११०० मध्ये गोवर्द्धन भन्ने रत्नलालको बण्डा रू.५५०। वादीले बुझी ०१५।१०।२८।३ मा भरपाई गरिदिएको भनी प्रतिवादीहरूबाट पेश हुन आएको सो भरपाइसमेतमा झुक्याई सही गराएको भन्ने वादीको उजूर दावी भएको पाइन्छ । सो भरपाई हेर्दा त्यसमा यही जग्गा भन्ने प्रष्ट उल्लेख छैन र भोगबन्धकीको दोहरीसमेतको प्रमाण प्रतिवादीहरूबाट पेश दाखिल हुन आएको पनि पाइँदैन । सावाँमध्ये केहीमात्र भर्ना दिँदा लिँदा तमसुक वा खाता बही भरपाइसमेत जो लिखत भएको छ, त्यसैको पिठमा दरपिठ गर्नु अथवा लिखत नपाएकोमा रीतपूर्वकको भरपाई गरी दिनुलिनु गर्नुपर्छ भन्ने तत्काल प्रचलित साहू आसामीको नं.४ मा व्यवस्था भएको, साथै भोगबन्धकी तमसुक भएको भए उक्त ऐनअनुसार सो तमसुककै पिठमा दरपिठ गर्नुपर्ने तमसुक नपाइएको भएमात्र सोही व्यहोरा जनाई छुट्टै भरपाई गरी दिनुलिनु पर्ने थियो । रूपैयाँ बुझाई तमसुकमै दरपिठ जनाएको भन्ने प्रतिवादीहरूकै भनाई नभएको र छुट्टै लिएको भनेको उक्त भरपाइमा तमसुक फेला नपरेको भन्ने व्यहोरा नजनिएको समेत हुनाले उक्त भरपाइले कानूनी मान्यता पाउन सक्ने देखिँदैन । त्यस्तो भरपाइको आधारमा यही झगडा परेको जग्गा वादीले भोगबन्धकीमा लिई प्रतिवादी गोवर्द्धन भन्ने रत्नलालबाट अघि थैली बुझी जग्गा छाडिदिएको भन्न नमिल्ने प्रष्ट छ। (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 823 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2031/04/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 823 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
