नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 816 · वि.सं. २०३१
नि.नं. 816 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अनिश्चित कुरालाई आधारभूत प्रमाण मान्न नहुने । सहअभियोगी हुँ भन्ने कान्छी पँडेनीले रुद्रप्रसादलाई पोल गरेको छ । निज रुद्रप्रसाद इन्कारमा रहेको छ । सहअभियोगीले पोल गरेको कुरा अरू प्रष्ट प्रमाणले समर्थन के कति गर्न सकेको छ भन्नेतर्फ हेर्दा रुद्रप्रसादको कमिज सुरूवालमा रगत लागेको भन्ने उल्लेख छ । सो रगतको सम्बन्धमा मौका सर्जमिनले लेख्दा रगतको दागजस्तो भनी उल्लेख गरेका छन् । रुद्रप्रसादले अदालतमा बयान गर्दा रगतको छिटा लागेको कपडा देखें सो रगत होइन । अघिदेखिको फोहर लागेको दाग भने र के को दाग हो भन्न सक्दिन भन्ने पनि बयान गरेको छ । सो दाग लागेको रगत हो कि होइन भनी वैज्ञानिक जाँचबाट निष्कर्ष आउन सकेको छैन । रगतको दाग हो भन्ने निश्चिय हुनु र सो पनि मानिसको रगत हो भन्ने देखिनु पर्छ र वारदात भएको समयमा लागेको दाग हो भन्ने निश्चयमा पुगेमात्र सो रगतको जस्तो दाग भनेकोलाई प्रमाणको आधार मान्नु पर्ने स्थिति हुन आउँथ्यो । सोबमोजिम नभई अनिश्चित कुरालाई आधारभूत प्रमाण मान्न भएन । सोबाहेक अरू कुनै सबूत प्रमाण पनि देखिँदैन । (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 816 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2031/03/28 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री झपटसिंह रावल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 816 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
