नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 821 · वि.सं. २०३१

नि.नं. 821 — लिखत पास

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) घरको मुख्य जानिफकार बाबु छँदाछँदै १७ बर्षको छोराको नाममा गराएको लिखत कानूनले बन्देज गराएको कुरा नहुने । सो राजीनामामा हक छाडिदिएको जग्गा विगाहा २ जग्गा विगाहा २।।।२।।।४ मध्ये भन्ने लेखिएकोमा सो २।।।२।।।४ को अंक बेगलै मसीले पछि थपेको भन्ने जुन तर्क उठाइएको छ, त्यसको सम्बन्धमा उक्त राजीनामा लिखत हेर्दा २।।।२।।।४ को अंकको मसी केही गाढा जस्तो देखिन आएको पनि खुद हक छाडिदिएको जग्गा विगाहा २ को अंक त्यस्तो नभएकोले मध्ये जनाएको अंकको मसी केही गाढा हुँदैमा त्यसले लिखतको औचित्यमा कुनै असर पुर्‍याउने देखिँदैन । घरको मुख्य जानिफकार बाबु छँदाछँदै बर्ष १७ को छोराको नाममा लिखत गराएको भन्ने हकमा त्यो कानूनले बन्देज गरेको कुरा होइन र झुक्याई सही गराएको भन्ने प्रतिवादी जिकिरलाई त्यसले कुनै मद्दत गर्न पनि सक्दैन । (प्रकरण नं. १५) (२) कपाली तमसुक भएकोमा रसिदको नक्कल आसामीले साहूलाई सौंपनु नपर्ने त्यस्तो रसिद सौंपनु पर्ने कारण राजीनामा लिनुदिनु गरेकोमा मात्र पर्न आउने । खास गरी पहिले प्रतिवादीमा कपाली तमसुक भनी झुक्याई सही गराएको भन्ने जिकिर लिए पनि पछि कागज सुनाई बयान गराउँदा जग्गा लेखिदिएको भन्ने कुरा स्वीकार गरी निज प्रतिवादीले बयान गरेको छ । उक्त राजीनामामा लिखतमा ०२१ सालको रसिद नक्कल सौंपि दिएँ भन्ने लेखिएको ०३०।३।१५।६ को फुबलेञ्चको आदेशबमोजिम सो रसिद नक्कल वादीबाट पेश दाखिल गराई प्रतिवादीलाई देखाए सुनाएकोमा सो रसिद नक्कलको पिठमा सक्कलबमोजिम नक्कल ठीक दुरुस्त छ भनी लेखिएको ठाउँमा लागेको दायाँ ल्याप्चे सहिछाप कीर्ते हो भनी प्रतिवादीले बयान गरेको देखिन्छ । तर सो ल्याप्चे सहिछाप निज प्रतिवादीको मिसिल सामेल ०२९।७।६।६ को वारेसनामामा लागेको ल्याप्चे सहीसँग मिल्छ मिल्दैन भनी विशेषज्ञलाई जचाउँदा वारेसनामामा लागेको दोस्रो ल्याप्चे नबुझिने र पहिलो ल्याप्चे रसिदको पिठमा लागेको पहिलो ल्याप्चेसँग मिलेको भनी विशेषज्ञले राय व्यक्त गरेकोबाट सो ल्याप्चे सही कीर्ते हो भन्ने प्रतिवादीको जिकिर समर्थित हुन आएन । कपाली तमसुक भएकोमा रसिदको नक्कल आसामीले साहूलाई सौंपनु पर्दैन । त्यस्तो रसिदको नक्कल सौंपनु पर्ने कारण त राजीनामा लिनुदिनु गरेकोमा मात्र पर्न आउँछ किनकी रजिष्ट्रेशनको १७ नं. अनुसार राजीनामा लिखत रजिष्ट्रेशन पास गराउँदा राजीनामा दिएको जग्गामा आसामीको हक भएको हकको प्रमाण पेश गर्नुपर्छ । राजीनामा गरिदिएको नभए लिखतसाथ रसिदको नक्कल सौंपिदिनु पर्ने नै थिएन । यसबाटै राजीनामा लिखत गरी दिएलिएको सद्दे साँचो व्यवहार रहेछ भन्ने प्रष्ट हुन्छ । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.821
मुद्दाको विषयलिखत पास
निर्णय वर्ष / मिति2031/03/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 821
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्