नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 802 · वि.सं. २०३१

नि.नं. 802 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) साझेदारी कायम नहुने भएपछि साझेदारी काममा लगाएको पुँजीको रूपैयाँ फिर्ता दिनु नपर्ने भन्न नमिल्ने । वादी र प्रतिवादी अष्टरत्नको बीचमा भएको ०२२।५।२२ को साझेदारीको शर्तनामामा ढुङ्गाखानीको कामको साझेदारी भई वादीले लगाएको पूँजी वादीले पछि फिर्ता लिन नपाउने भन्ने शर्तनामामा कुनै उल्लेख भएको र व्यवस्था गरेको समेत देखिँदैन । उक्त शर्तनामामा साझेदारी भई काम गरी आउँदा चित्त नबुझे कुनै किसिमको उचित नसम्झेमा २ आना हिस्साबाट जो हुने नाफा नोक्सान हिसाब चुक्ति गरी फर्छ्यार्इ दिने भन्ने उल्लेख भएको देखिन्छ । यस्तो स्थितिमा साझेदारी ऐनको व्यवस्थाले वादी साझेदारी कायम नहुने भएपछि साझेदारी काममा वादीले लगाएको पूँजीको रू.५,०००। प्रतिवादीले फिर्ता दिनु नपर्ने र वादीले फिर्ता पाउँदैन भन्न मिल्ने नदेखिनाले पूँजीवापत भनी प्र. अष्टरत्नलाई वादीले दिएको रू.५,०००। वादीले प्रतिवादीबाट फिर्ता दिलाई पाउने देखिन आउँछ । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.802
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2030/12/02
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 802
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्