नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 809 · वि.सं. २०३१
नि.नं. 809 — जिरायत
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नापी मुन्सिफामा दायर भएको उजूर अदालतमा सर्न नसक्ने, त्यस्तो मुन्सिफामा दायर भएको उजूरलाई कायम मानी अदालतले आफ्नो अधिकारक्षेत्र ग्रहण गरी न्यायिक निर्णय दिन कानूनले मिल्ने नदेखिने । मुद्दा हेर्नेसम्बन्धमा यो यस्तो किसिमको मुद्दा यहाँबाट हेरिने भनी तत्काल प्रचलित अ.बं.४९ नं.र हालको अ.बं.२९ नं. समेतमा मुद्दा हेर्ने अड्डा तोकिएको पाइन्छ । उक्त ऐनबमोजिम मुद्दाको कारवाई किनारा गर्नालाई तोकिएको इलाकाको अदालतमै कानूनबमोजिम रीतपूर्वकको नालिस उजूर दायर भएको हुनुपर्छ अथवा न्यायिक निकायकै बेइलाकाको अर्को अदालतमा दर्ता भएको नालिस उजूर उक्त ऐनबमोजिम इलाकाको अदालतमा सरी आएको हुनुपर्छ अनिमात्र त्यस्तो मुद्दामा अदालतले आफ्नो अधिकारक्षेत्रको ग्रहण गरी मुद्दाको कारवाई किनारा गर्न कानूनले मिल्ने हुन्छ, नापी मुन्सिफा मुद्दा हेर्ने अड्डा होइन र त्यस्तो अड्डामा दायर भएको उजूर अदालतमा सर्न सक्ने कानूनमा व्यवस्था पनि छैन । त्यसकारण पहिले नापी मुन्सिफामा दायर भएको उजूरलाई कायम मानी त्यस्तो उजूरीबाट अदालतले आफ्नो अधिकारक्षेत्रको ग्रहण गरी न्यायिक निर्णय दिन कानूनले मिल्ने देखिँदैन । अरू साविक अ.बं.५९ नं.का ऐनमा लेखिएदेखि बाहेक बेइलाकाको नालिस हेर्न सुन्न हुँदैन । सुनेको भए पनि बदर हुन्छ भन्ने र हालको अ.बं.३५ नं.मा गैह्र अड्डाले कानूनबमोजिम आफूले हेर्न हुने मुद्दाबाहेक अरू मुद्दा हेर्न हुँदैन । हेरे छिनेको भए पनि बदर हुन्छ भन्ने कानूनी व्यवस्था छ । जसअनुसार अनधिकृत निकायले आफूले हेर्न नहुने मुद्दा हेरे छिनेकोमा हेरेछिनेको दुवै कुरा बदर हुने प्रष्ट छ । (प्रकरण नं. १५) उल्लिखित मुद्दा : दे.फु. नं. १० वरुणदास वैष्णव वि.वलिरामदास वैष्णव, दे.फु.नं. १२८ रोगाहि थारु वि.मानबहादुर, रि.फु.नं. २३ केवल क्षेत्री वि.कविलवस्तु जि.अ., दे.फु.नं. ७९ मुनिलाल गोल्छा वि.धनचन्द्र राईसमेत
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 809 |
|---|---|
| मुद्दाको विषय | जिरायत |
| निर्णय वर्ष / मिति | 2031/02/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री झपटसिंह रावल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 809 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
