नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 811 · वि.सं. २०३१

नि.नं. 811 — अर्को लिखत गराइपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) हक बेहकतर्फ ठहर गर्नुपर्ने स्थिति नभएकोमा हकबेहकको बयानमा खुलाएको बिगोको आधारमा हदमाथिको हुने भन्न नमिल्ने । यो मुद्दा हदमुनि या माथि के हुने हो भन्ने सम्बन्धमा हेर्दा हकबेहकको जुन बयानमा खुलाएको मोल बिगो रू.१०,०००। लाई कायम मानी हदमाथिको भनी बागमती अञ्चल अदालतको फैसलाउपर पुनरावेदन गर्न पाउने गरी ०२६।३।१९।५ मा आदेश भएको छ । सो हकबेहकतर्फ यस मुद्दाबाट ठहर गर्नुपर्ने स्थिति नभएको समेत माथिको प्रकरणमा उल्लेख भइसकेकोले सो हकबेहकको बयानमा खुलाएको बिगोको आधारमा यो मुद्दा हदमाथिको हुने भन्न मिलेन । न्यायप्रशासन (विविध व्यवस्था) संशोधन ऐन, ०२१ द्वारा संशोधित मूल ऐनको दफा ८ को उपदफा २ को खण्ड (क) अनुसार झगडा परेको वा दावा गरेको बिषयको मोल बिगो रू.५,०००। भन्दा माथि बिगोको मुद्दामा र बिगो नखुलेको सामूहिक कुलो पानी सामूहिक सन्धिसर्पन गौचरण वा तायदाती नआएको अंश मुद्दामा मात्र अञ्चल अदालतउपर पुनरावेदन लाग्न सक्ने व्यवस्था भएको पाइन्छ । वादीले नालिस गर्दा अर्को लिखत गराइपाउँ भन्नेसम्म दावी लिई रू.५। कोर्टफी राखी नालिस गरेको यो यति बिगो भन्ने नखुलाएको र शुरू का.जि.अ.को फैसलाउपर प्रतिवादीहरूले पुनरावेदन गर्दा पनि लिखत बदरतर्फको शुरू कोर्टफी रू.५। लाई नै कायम मानी पुनरावेदन गरेमा लाग्ने कोर्टफी राखी पुनरावेदन गरेको समेत हुँदा यो मुद्दा हदमाथिको देखिन आएन । (प्र.नं.१७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.811
मुद्दाको विषयअर्को लिखत गराइपाउँ
निर्णय वर्ष / मिति2031/01/27
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 811
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्