नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 801 · वि.सं. २०३१
नि.नं. 801 — ...........
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कारोवार लेनदेन भन्नाले कर्जा लेनादेना बाहेकको अन्य कुनै कारवाहीलाई संकेत गर्ने हुनाले साहू आसामी बनी कर्जा लिनुदिनु गरेको व्यवहार हो भन्न नमिल्ने र यस्तोमा साहू आसामीको ३८ नं. को २ बर्षभित्रमा नालिस गर्नुपर्ने । यसमा साविक मुलुकी ऐन साहू आसामीको २ नं.बमोजिम १० बर्षको या ऐ.३८ नं. बमोजिम २ बर्षको कुन हदम्याद लाग्ने हो भन्ने प्रारम्भिक प्रश्नउपर नै सर्वप्रथम विचार गर्नुपर्ने हुन आएको छ, यस प्रसङ्गमा हेर्दा साविक मुलुकी ऐन साहू आसामीको नं.१ मा कर्जा लेनदेन गर्दा ऐनको रीत पुर्याई तमसुक खाता बहीसमेतको लिखतपत्र केही नगरी नगर्नु भन्ने र ऐ.२ नं.मा १० बर्षको बीचमा भाखापत्रको कागज गराएको या ब्याज नखाएकोमा तमसुक लिखत पास भएको मितिले १० बर्षभित्र नालिस गर्नुपर्ने समेत व्यवस्था भएको पाइन्छ, उक्त साहू आसामीको १–२ नं. को तात्पर्यको लागि साहू आसामी बनी कर्जा लिनुदिनु गरेको व्यवहार हुनु पर्ने प्रष्ट छ । वादीले नालिसमा विपक्षीले मसँग कारोवार गरी आएकोमा २०१०।३।१।१ मा हिसाब गरी मेरो बाँकी ठहर्न आएको कं.रू.१९७८। को कागज लेखिदिएको भन्ने उल्लेख गरेको र वादी दावीको ०१०।२।१।१ को लिखतमा पनि त्रिरत्न तुलाधरसँगको कारवार लेनादेना तमाम हिसाब गरी आजसम्मको मैले बुझाउनु पर्ने कं.रू.१९७८। भन्ने लेखिएको कारोबार लेनादेना भन्नाले कर्जा लेनदेन बाहेकको अन्य कुनै कारवाईलाई नै संकेत गर्ने हुनाले साहू आसामी बनी कर्जा लिनुदिनु गरेको व्यवहार हो भन्न मिल्ने देखिएन तसर्थ कर्जा लिनुदिनु बाहेकको यस्तो लिखतको रूपैयाँ भराइपाउँ भन्ने कुरामा साहू आसामीको २ नं.बमोजिम १० बर्षको हदम्याद लागू हुन नसक्ने र साहू आसामीको ३८ नं.बमोजिम २ बर्षको हदम्याद भित्रै नालिस गर्नुपर्नेसमेत हुँदा उक्त साहू आसामीको ३८ नं. को म्याद २ बर्षभित्र नालिस नपरेको भनी ०२८।१२।३०।३ को डिभिजन बेञ्चले खारेज गर्ने गरेको मनासिव ठहर्छ कोर्टफी राखेकोले निवेदक वादीलाई मुद्दा दोहर्याएकोमा अरू सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाइदिनु । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 801 |
|---|---|
| मुद्दाको विषय | ........... |
| निर्णय वर्ष / मिति | 2030/09/20 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री झपटसिंह रावल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 801 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
