नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 818 · वि.सं. २०३१
नि.नं. 818 — तहविल मसोट
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भ्र.नि.ऐन परिच्छेद २ अन्तर्गतको अपराध ठहरी विगो खाए मासे हिनामिना गरेको ठहरेमा सो ऐनले विगोसमेत लाग्ने देखिन आउने, विगो भराइपाउँ भन्ने छुट्टै दावी भइरहनु पर्ने नदेखिने । दोस्रो प्रश्नको हकमा भ्रष्टाचार निवारण ऐन, ०२२ द्वारा संशोधित मूल ऐनको दफा २९ (१) मा यस ऐनको अन्य दफामा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले परिच्छेद २ अन्तर्गत सजाय हुने कसूर गरी त्यसबाट आफू वा अन्य कुनै व्यक्तिलाई गैरकानूनी लाभ वा कुनै व्यक्तिलाई गैरकानूनी हानी पुर्याएको रहेछ भने त्यस्तो कसूरवापत हुने सजायको अतिरिक्त त्यस्तो व्यक्तिसँग गैरकानूनी लाभ वा गैरकानूनी हानी गरेको विगो असूल गरिनेछ भन्ने लेखिएको हुनाले भ्र.नि.ऐन परिच्छेद २ अन्तर्गतको अपराध ठहरी विगो खाए मासे हिनामिना गरेको ठहरेमा सो ऐनले विगोसमेत लाग्ने देखिन आउँछ । विगो भराइपाउँ भन्ने छुट्टै दावी भइरहनु पर्ने देखिँदैन । (प्रकरण नं. ३२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 818 |
|---|---|
| मुद्दाको विषय | तहविल मसोट |
| निर्णय वर्ष / मिति | 2031/03/21 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारीको रायमा उल्लेख भएको छ । सो रकम गणेशलाले बैंकबाट भुक्तान लिएको वा भरपाई गरिलिएको नदेखिएको प्रज्ञाप्रतिष्ठानका सदस्य श्री सूर्यविक्रम ज्ञवालीको नाममा चेक काटी उहाँकै हस्ताबाट भुक्तानी लिएको हुनाले सो रकम गणेशलालले खाएमासेको भन्न मिलेन । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 818 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
