नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 806 · वि.सं. २०३१
नि.नं. 806 — जग्गा कायम गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अञ्चल अदालतले ठाडो देवानीमा दर्ता गरी निर्णय आदेश गर्ने कानूनी व्यवस्था नभएको। निवेदक गणेशमान श्रेष्ठले चढाएको कं.९९ नं. को निवेदनपत्रमा बक्स भएका हुकूम प्रमांगीबमोजिम सर्वोच्च अदालत सिंगलबेञ्चबाट दुवै पक्ष राखी जो बुझ्नु पर्ने बुझी मामिलाको तहबाट निर्णय हुन उपयुक्त देखिने भन्ने जाहेर गरेको भए पनि अन्तमा कानूनबमोजिम गर्नु भन्नेसम्म हुकूम प्रमांगी बक्स भएको अञ्चल अदालतले बुझी निर्णय गरिदिने समेत हुकूम प्रमांगी बक्स भएको नदेखिएको र पछिल्लो निवेदनपत्रमा एकपटक अर्थ सचिवले हेरी ठीक बेठिक के रहेछ निर्णय गरिदिनु भन्ने हुकूम प्रमांगी बक्स भएकोमा अर्थ सचिवले सर्वोच्च अदालतको ठहरबमोजिम गर्ने भन्नेसम्म राय व्यक्त गरेको त्यत्तिकैबाट अञ्चल अदालतले वादी र प्रतिवादीका बीचको प्रस्तुत विवादलाई मुद्दाको रूप दिई ठाडो देवानीमा दर्ता गरी निर्णय आदेश गर्ने कानूनी व्यवस्था भएको पाइँदैन । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 806 |
|---|---|
| मुद्दाको विषय | जग्गा कायम गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2031/01/17 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ईश्वरी राज मिश्र |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 806 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
