नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 817 · वि.सं. २०३१
नि.नं. 817 — लिखत बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) धेरैजना उपरको छुट्टाछुट्टै बिषयको कुरामा अ.बं.९८ नं. ले एउटै नालिसबाट इन्साफ गर्न नमिल्ने । तत्सम्बन्धमा भएको कानूनी व्यवस्था हेर्दा तत्काल प्रचलित साविक मुलुकी ऐन अदालती बन्दोबस्तको ९८ नं.मा एउटै फिरादपत्रमा एउटै मानिसले एउटै मानिसउपर जतिसुकै बिषयको कुरा लेखिल्याएको र जतिसुकै मानिसले जतिसुकै मानिसउपर एउटै बिषयको कुरा लेखिल्याएको भए पनि लिई सोबमोजिम सबै कुराको सोही फिरादपत्रबाट इन्साफ गर्नुपर्छ भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा वादी दावीको २ लिखतको आसामीसम्म एउटै भए पनि राजीनामा दिएको जग्गा मिति साहूसमेत फरक भएको र लिखत बदर गरिपाउँ हंसावती मंगलीले गराएको दर्ता बदर गरिपाउँ आफ्नो नाममा दर्ता गराइपाउँ भन्ने ३ किसिमको वादीको माग दावी भएको समेतबाट झगडाको बिषय एउटै नभई छुट्टाछुट्टै हो भन्नमा कुनै शंका छैन । यस्तो धेरैजनाउपरको छुट्टाछुट्टै बिषयको कुरामा उक्त अ.बं.९८ नं. ले एउटै नालिसबाट इन्साफ गर्न नमिल्ने कानूनी व्यवस्था प्रष्ट छ । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 817 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर |
| निर्णय वर्ष / मिति | 2031/03/14 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 817 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
