नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 824 · वि.सं. २०३१
नि.नं. 824 — बिक्री बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वादी दावी पूरै वा आंशिक तवरले प्रतिवादीले स्वीकार गरेको भन्न मिल्ने अवस्थाको नदेखिई वादीको वारेसले तारिख गुजारेको मुद्दा अ.बं.१७९ तथा १८५ क.अनुसार इन्साफ गर्न नमिल्ने डिसमिस हुने । वादी दावीको प्रसंगसमेतबाट प्रस्तुत मुद्दामा वादी दावी पूरै वा आंशिक तवरले प्रतिवादीले स्वीकार गरेको भन्नलाई वादी दावीमा ५ खण्डको ४ खण्ड बदर गरिपाउँ भनेकोमा दावीअनुसार ४ खण्ड नै बदर हुने हो भनी पूरैमा ४ खण्ड बदर हुने होइन ३ खण्ड २ खण्ड १ खण्डमात्र बदर हुने हो भनी आंशिक तवरले प्रतिवादीले स्वीकार गरेको प्रतिउत्तरपत्र वा मिसिल सामेल रहेको अरू प्रमाणबाट देखिन ठहर्न आउनुपर्छ, अनिमात्र त्यस्तो भन्न मिल्ने हुन्छ । प्रतिउत्तरपत्र हेर्दा लेखिएको खेत निजहरूको भागबण्डामा पर्ने भए पनि मौकामा नै उजूर गर्नुपर्ने थियो भन्ने उल्लेख गरेको र वादीमध्ये सर्वजीतबाट रू.८५०। झुमलालबाट रू.८५०। प्रतिवादी अम्बरबहादुरबाट रू.१५००। मा घरायसमा छुट्टाछुट्टै राजीनामा गराइलिएको भनी अरू अरू जग्गाको राजीनामा लिखतहरू प्रमाण दिई पेश गरेको समेतबाट झगडा परेको जग्गा वादीहरूको भागबण्डामा पर्ने होइन भन्ने व्यक्त गरेको पाइन्छ । वादी दावीअनुसार वादीहरूसमेतको भागबण्डा लाग्ने र लिखत बदर हुनु पर्ने भन्ने कुरा प्रतिउत्तरपत्रमा कतै पनि स्वीकार गरेको नदेखिएको र त्यस्तो कुनै प्रमाण पेश पनि नभएकोले वादी दावी पूरै वा आंशिक तवरले प्रतिवादीले स्वीकार गरेको भन्न मिल्ने अवस्था देखिएन । (प्रकरण नं. १६) तसर्थ उपरोक्त कारणहरूबाट शुरूमा वादीहरूको वारेसले तारिख गुजारेको यो मुद्दा अ.बं.१७९ तथा १८५ क.नं. अनुसार इन्साफ गर्न नमिल्ने डिसमिस हुने हुँदा शुरू रुकुम जिल्ला अदालतले ०२८।७।१८।५ मा डिसमिस गरेको मनासिव छ इन्साफ गर्ने गरेको राप्ती अञ्चल अदालतको सदर गरी ०२९।११।२५।५ को डिभिजन बेञ्चले छिनेको मिलेको देखिएन अरू तपसीलबमोजिम गर्नु । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 824 |
|---|---|
| मुद्दाको विषय | बिक्री बदर |
| निर्णय वर्ष / मिति | 2031/04/11 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 824 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
