नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 804 · वि.सं. २०३१
नि.नं. 804 — अंश दाइजो
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) दाइजो पाउने स्वास्नी मरी स्त्री अंश धनको ५ नं. अनुसार मर्नेको उत्तराधिकारीको नाताको क्रमले लोग्नेले खान पाउने भई लोग्नेको व्यक्तिगत हक हुन आएको दाइजो सम्पत्तिमा अरू अंशियारको अंश लाग्ने नदेखिने, त्यस्तो लोग्ने पनि मरी अर्की स्वास्नी जीवित छँदै अरू अंशियारको भाग लाग्छ भन्नु स्त्री अंशधनको ५ नं. को मनसायको विपरीत हुने । उक्त प्रश्नको निराकरणको लागि हेर्दा पैत्रिक सम्पत्तिमा सगोलको अंशियारले अरू कुनै किसिमबाट आर्जन गरेको अंशबण्डाको १८ नं.बमोजिम सबै अंशियारलाई अंश लाग्ने भए किसिमको सम्पत्ति सबै अंशियारलाई अंश भाग लाग्न सक्ने हो । यो त्यस किसिमको सम्पत्ति नभई दाइजो पाउने स्वास्नी मरी स्त्री अंशधनको ५ नं. अनुसार भनेको उत्तराधिकारीको नाताको क्रमले लोग्नेले र खान पाउने भई लोग्नेको व्यक्तिगत हक हुन आएको दाइजोको सम्पत्तिमा अरू अंशियारको पनि अंश भाग लाग्न सक्ने देखिँदैन किनकी दाइजो पाउने मरेपछि सगोलको अंशियार सबैले खान पाउने भएमा यो यो नाताकाले खान पाउने भनी स्त्री अंशधनको ५ नं.मा नाताको क्रमले खान पाउने विशेष व्यवस्था हुनु पर्ने नै थिएन । उक्त स्त्री अंशधनको ५ नं. को व्यवस्थाबाटै लोग्नेले खान पाउने भई स्वास्नीको हक लोग्नेमा सरी लोग्नेले उपभोग गरी आएको यस्तो दाइजोको सम्पत्ति त्यस्तो हक हुने लोग्ने मरेपछि अपुतालीको २ नं. अनुसार लोग्नेको अपुतालीमा हक हुने अर्को स्वास्नी वादी जीवित छँदै अरू अंशियारसमेतको अंश भाग लाग्छ भन्नु उक्त स्त्री अंशधनको ५ नं. को मनसाय विपरीत हुन जानेसमेत हुँदा अपुतालीको २ नं.बमोजिम अपुतालीको नाताले पोषणनिधिकी स्वास्नी वादीको मात्र एकलौटी हक लाग्ने प्रष्ट छ । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 804 |
|---|---|
| मुद्दाको विषय | अंश दाइजो |
| निर्णय वर्ष / मिति | 2030/09/10 |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३१, नि.नं. 804 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
