नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 810 · वि.सं. २०३१

नि.नं. 810 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कानूनबमोजिम रीत पुगेको लिखतको अभावमा ऐनबमोजिम रजिष्ट्रेशन पास नभई कपाली भएको लिखतसम्मको आधारमा जग्गा साहूले भोग तिरो गरेको छ भने पनि भोग तिरोसम्मको आधारमा जग्गामा साहूको हक दावी पुग्न नसक्ने, यस्तो अवस्थामा जग्गा मिच्नेको १८ नं. को हदम्यादको प्रश्न नउठ्ने, आसामीले जग्गा चलन गर्न आएमा साहूले भोग चलन नछाडी खिचोला उठाउन नपाउने । राजीनामा लिखत पास नभए पनि जग्गा मैले भोग तिरो गरी आएकोमा जग्गा मिच्नेको १८ नं. को म्याद नाघिसकेपछि वादीको नालिस दावी लाग्न नसक्ने भन्ने प्रतिवादीको मुख्य जिकिर भएको र जग्गै वादीको भोगमा छैन भने खिचोला गरेको कसरी ठहर्ने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताले हाल बहसमा मुख्य जोड दिनु भएको हकमा एकाको हकको जग्गामा अर्काको हक स्थापित हुनलाई पहिलेको जग्गाधनीले आफ्नो हक हस्तान्तरण गरेको कानूनबमोजिम रीत पुगेको लिखत हुनुपर्छ अनिमात्र अर्को व्यक्तिको हक स्थापित हुन सक्छ । कानूनबमोजिम रीत पुगेको लिखतको अभावमा ऐनबमोजिम रजिष्ट्रेशन पास नभई कपाली भएको लिखतसम्मको आधारमा जग्गा साहूले भोग तिरो गरेको छ भने पनि भोग तिरोसम्मको आधारमा जग्गामा साहूको हक दावी पुग्न नसक्ने हुनाले यस्तो अवस्थामा जग्गा मिच्नेको १८ नं. को हदम्यादको प्रश्न उठ्न नसक्ने र आसामीले आफ्नो हक खोजी आफ्नो जग्गा चलन गर्न आएकोमा साहूले भोग चलन नछाडी खिचोला उठाउन नपाउनेसमेत हुँदा उपरोक्त जिकिरहरूसँग सहमत हुन मिलेन । तत्काल प्रचलित रष्ट्रिेशनको ७ नं.मा यस्तो रजिष्ट्रेशन पास नभई लिखत कपाली भएको अवस्थामा भोग नपाएको जतिमा ऐनबमोजिमको शुदसमेत साहूले कपालीसहर भराइलिन पाउने कुरा उल्लेख भएकोले कपाली भएको लिखतबाट जग्गा साहूले भोग तिरो गर्नु नगर्नुको असर सुदपाउने नपाउनेसम्म कुरामा पर्न जाने देखिन्छ । लिखत पास नभए पनि साहूको भोग तिरो चलेकोमा जग्गामा साहूकै हक पुग्ने भन्ने उक्त रजिष्ट्रेशनको ७ नं. को मनसाय समेतबाट मिल्ने देखिँदैन । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.810
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2030/02/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 810
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्