नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 807 · वि.सं. २०३१

नि.नं. 807 — मोहियानी हक बेहक

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वादीले जे जति कुरामा दावी लिएको छ, त्यतिसम्म कुरामा अदालतले इन्साफ गर्नुपर्ने उजूरी भई दावी नलिएको कुरामा पछि उठाएको वादविवादलाई लिएर इन्साफ ठहर गर्न नमिल्ने । वादीको नालिस दावीमा मैले सानुभाइ महर्जनसँग राजीनामा गराई लिएको मेरो मोहियानी हकको जग्गामा मैले लगाएको आलु, बकुल्ला, सिमीसमेत प्रतिवादीहरूले लुटपिटमा गरी लगेकोले विगो रू.४००। भराई लुटपिटका ४ नं. अनुसार सजाय गरिपाउँ भनी बाली लुटपिटको सम्म वादीले दावी लिएको र काठमाडौं जिल्ला अदालतले लुटपिट मुद्दा नामाकरण गरी फौजदारीमा दर्ता गरेको समेत पाइन्छ । पछि प्रतिवाद गर्दा प्रतिवादी बाबुकाजीले सो जग्गा ०११ सालदेखि मैले मगनीमा कमाई आएको मेरो मोहियानी हकको भनी मोहियानी हक तेरो मेरोको विवाद उठाएको भए पछि वादीले जे जति कुरामा दावी लिएको छ, त्यतिसम्म कुरामा अदालतले इन्साफ गर्नुपर्ने उजूरी भई दावी नलिएको कुरा पछि उठाएको वादविवादलाई लिएर इन्साफ ठहर गर्न नमिल्ने दे.फु.नं. ८६ गोपी सा तेली विरुद्ध सु.भूपालसिंह प्रधानको जायजात बेहिसाब मुद्दामा ०२४।६।१०।३ को फुल बेञ्चबाट सिद्धान्त प्रतिपादित भइराखेकोसमेत हुँदा लुटपिटसम्मको दावीको नालिसबाट दावी नै नभएको मोहियानी हकबेहकमा निर्णय दिन नमिल्ने प्रष्ट हुन्छ । त्यसकारण मोहियानी हकबेहकको निर्णय दिनु पर्ने यो मुद्दा देखिन आएन । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.807
मुद्दाको विषयमोहियानी हक बेहक
निर्णय वर्ष / मिति2031/02/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 807
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्