नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 813 · वि.सं. २०३१

नि.नं. 813 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लेख्नजान्ने कारणीको ल्याप्चे सहीभन्दा लेखात्मक सहीकै बढी महत्त्व हुने, लेख्न जान्ने व्यक्तिको लेखात्मक सही भएपछि ल्याप्चे सही लगाएको छैन भने पनि त्यो कागज अमान्य नहुने । यसमा प्रतिवादीले रू.८०१। लिई २०।८।११ मा गरिदिएको दृष्टिबन्धकी तमसुक पास गरिदिएन पास गराइपाउँ भन्ने वादीको दावी र वादीको तमसुकको रूपैयाँ ०२१।३।३० गते बुझाई भरपाई लिएको हुँदा पास गरिदिनु नपर्ने भन्ने प्रतिवादीको जिकिर भई विवाद उठेको रहेछ, वादी दावीको तमसुक पास हुने नहुने के हो ? यो कुराको निर्णयको लागि प्रतिवादीले पेश गरेको ०२१।३।३० को भरपाई उपर नै सर्व प्रथम विचार गर्नु पर्ने हुन आएकोछ । प्रतिवादीले रूपैयाँ बुझाउन आएकोले उक्त भरपाई लेखिएको भन्ने कुरा वादीले पनि स्वीकार गरेकै पाइन्छ, उक्त भरपाई वादीकै बाबु नारायणबहादुरकै स्वहस्ताले लेखिएको भन्ने कुरामा विवाद पनि छैन, भरपाई लेखिसकेपछि आफ्नो मानिसलाई देखाई आउँछु भनी लिई गएको फर्की नआई सोही भरपाईमा मिति सच्याई सहिछाप कीर्ते गरी दाखिल गरेको भन्ने वादीको मुख्य जिकिर भएको हकमा एक त रूपैयाँ नबुझी स्वयं वादीको बाबुको स्वहस्ताले लेखेको भरपाई आसामीको हातमा दिई पठाएको भन्ने कुरा व्यवहारिक र प्रतितलायक नै देखिँदैन । अर्कोकुरा उक्त भरपाईमा भएको हस्तासही वादीको हस्तासहीसँग मिल्छ मिल्दैन भनी विशेषज्ञलाई जनाउँदा मिल्छ भनी लेखिदिएकोले हस्तासही कीर्ते गरेको भन्ने वादीको जिकिर समर्थित हुन आएको पनि छैन, मितिको अंक सच्याएको भन्ने हकमा सो मिति अगाडिकोलाई पछाडिको गराई बनाएकै भए पनि त्यसबाट प्रतिवादीलाई के फाइदा हुने र रूपैयाँ बुझाएको भन्ने कुरामा त्यसबाट के असर पुग्ने हो सो कारण वादीपक्षले देखाउन नसकेको समेत हुँदा त्यो कुरा त्यति महत्त्वको देखिँदैन । खास गरी सो भरपाईमा लागेको ल्याप्चे सही वादीको ल्याप्चे सहीसँग मिल्दैन भनी विशेषज्ञले लेखिदिएकोले कसो हो भन्ने तर्क उठेको हकमा लेख्न जान्ने कारणीको ल्याप्चे सहीभन्दा लेखात्मक सहीकै बढी महत्त्व हुन्छ । लेख्न जान्ने व्यक्तिको लेखात्मक सही भएपछि ल्याप्चे सही लगाएको छैन भने पनि त्यो कागज अमान्य हुँदैन । यतिमात्र कि लेख्न जान्नेको हस्तासही मात्र भई ल्याप्चे सही नभएकोमा कागज जाँचको ८ नं. अनुसार रू.२०। सम्म जरिवाना गरी त्यो कागज प्रमाण लाग्न सक्ने कानूनी व्यवस्था छ । त्यसकारण खुदै वादीको बाबुको स्वहस्ताले लेखेको र वादीको लेखात्मक सही मिल्न भिड्न पनि आएको यस्तो अवस्थामा उक्त भरपाइको ल्याप्चे सही कति कारणले नमिल्ने हो विशेषज्ञको रायमा प्रष्ट नखुलेको उक्त ल्याप्चे सही नमिल्ने भनी विशेषज्ञले लेखिदिएको भन्ने सम्म कारणले रूपैयाँ बुझाएको होइन भनी ठहर गर्न नमिल्ने देखिन्छ । तसर्थ उपरोक्त उल्लिखित कारणहरूसमेतबाट वादीले थैली बुझी भरपाई गरी दिइसकेको प्रमाणित हुन आएको हुँदा वादी दावीको लिखत पास हुन नसक्ने ठहराएको शुरू तथा बागमती अञ्चल अदालतको सदर गरी ०२८।१।१२।१ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखेकोले मुद्दा दोहर्‍याएमा अरू सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाइदिनु । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.813
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2031/02/22
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वाशुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३१, नि.नं. 813
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्