सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३२ / ४४०

नि.नं. 10773वि.सं. २०७८संयुक्त इजलास

कर्तव्य ज्यान

मृतकले आफू मर्ने बेलामा आफ्नो मृत्युको कारण सम्बन्धमा बोलेको कुरालाई प्रहरी कर्मचारीले नै आफ्नो मोबाइलमा रेकर्ड गरी, रेकर्ड भएको बेहोरा मैले रेकर्ड गरेको हो, मृतक सिरियस भई रोकिई रोकिई बोलेकी थिइन् भनी अदालतमा उपस्थित भई बकपत्र गरी प्रमाणित गरिदिएको अवस्थामा उ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10772वि.सं. २०७८संयुक्त इजलास

मानव बेचबिखन ओसारपसार एवं बाल यौन दुराचार

बाल यौन दुराचार वा अप्राकृतिक मैथुनभित्र मुलुकी ऐन जबरजस्ती करणीको १ नं.को स्पष्टीकरण खण्डको (घ) नं. र प्रचलित मुलुकी अपराध संहिताको दफा २१९(२) को स्पष्टीकरण खण्डको (ग) को अवस्थालाई समावेश गरिएको मान्नुपर्ने । बालयौन दुराचारलाई मुलुकी अपराध संहिताको महिला विरू…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10771वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

कुनै पदमा यति समयभन्दा बढी कार्य गर्न नपाइने भनी सीमा तोकिएको कारणले कुनै कर्मचारी अनिवार्य अवकाश दिनुपर्ने अवस्था आए त्यस्ता कर्मचारीलाई अवकाश दिँदा निजहरूले नियुक्ति पाउँदाको समयमा रहेको अनिवार्य अवकाशको उमेर हद जतिरहेको थियो सो उमेर हदलाई सेवा अवधिमा गणना ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10770वि.सं. २०७८पूर्ण इजलास

सरकारी छाप दस्तखत किर्ते

अदालतले व्याख्याको माध्यमबाट ऐनमा रहेको प्रस्ट प्रावधानलाई निष्क्रिय गर्ने वा अर्को अर्थ दिने कार्य गर्दैन । विधायिकाको मनसाय, भावना, उद्देश्यलाई जीवन्त तुल्याउन मात्र अदालतले कानूनको व्याख्या गर्दछ । किर्ते कागजको महलको ११ नं. ले किर्ते गर्ने र गर्न लगाउनेलाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10769वि.सं. २०७८पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरण

बाल न्याय सम्पादन गर्दा दिशान्तरका विभिन्न विकल्पमध्ये जुन विकल्पबाट बालबालिकाको सर्वोत्तम हित हुन सक्छ सोही प्रक्रियालाई प्राथमिकता दिनु मनासिब हुन्छ । बाल न्याय प्रणालीले अन्य विकल्प रहेसम्म बालबालिकालाई थुनामा राख्ने कुरालाई कदापि स्वीकार गर्न सक्दैन । बाल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10768वि.सं. २०७८संयुक्त इजलास

लेनदेन

एकै दिनमा समेत दुई प्रयोजनका लागि उही व्यक्तिहरूबाट अलग अलग लिखत खडा गरी व्यवहार कारोबार हुनसक्ने हुँदा कपाली तमसुक लिखत खडा भएको एक दिनपछि राजीनामा पारित भएको देखिएकै आधारमा सो कपाली तमसुक लिखत राजीनामा गर्ने प्रयोजनका लागि खडा भएको भनी अर्थ गर्न नमिल्ने । वा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10767वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण / परमादेश

प्रत्येक व्यक्तिलाई उसको आफ्नो कसुरप्रति मात्र उत्तरदायी बनाउन सकिन्छ, अरूको कार्यप्रति होइन भन्ने फौजदारी कानूनको उत्तरदायित्वसम्बन्धी सामान्य नियमसमेतबाट निवेदकले अनुसन्धान अधिकृतको हैसियतले कानूनले दिएको अधिकार प्रयोग गरी प्रतिवादीसँग धरौटी लिई तारेखमा राखी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10766वि.सं. २०७८संयुक्त इजलास

अंश चलन

मुलुकी ऐन, अंशबन्डाको ३० नं। को कानूनी व्यवस्थालाई अध्ययन गर्दा “लिई पाई दाखिल खारेज गराइसकेको” तथा “बन्डाबमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेको व्यवहार प्रमाणबाट देखिनुपर्ने” भन्ने शब्दावली प्रयुक्त भई सो सर्तको कार्यान्वयन हुने गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10765वि.सं. २०७८संयुक्त इजलास

मानव बेचबिखन तथा ‌ओसार पसार

आरोप लगाइएका व्यक्तिउपर अभियोग मागदाबी लिई अभियोजन गर्नुअगाडि अभियोजकले मिसिल संलग्न प्रमाणहरूको मिहिन रूपमा विश्‍लेषण गर्नुपर्ने हुन्छ । जाहेरी पर्नु र सोउपर अनुसन्धान हुनु मात्र अभियोजनको आधार हुन सक्दैन । मिसिल संलग्न प्रमाणबाट प्रतिवादीउपरको अभियोग समर्थित…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10764वि.सं. २०७८संयुक्त इजलास

जबरजस्ती करणी

सामूहिकरूपमा गरेको जबरजस्ती करणी स्थापित हुनको लागि आवश्यक तत्त्व भनेको करणी कार्यमा एकभन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको हुनुपर्ने । सामूहिक बलात्कारमा एकैपटक बलात्कार गर्ने अवस्था नहुँदा साझा मनसायले अपराधलाई निरन्तरता दिई पालैपालो जबरजस्ती करणी गर्दछन् भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10763वि.सं. २०७८संयुक्त इजलास

कर्तव्य ज्यान

केवल आक्रमणकारीले जबरजस्ती करणी गर्न सक्छ होला भन्‍ने कोरा आशंका (मेरे स्पेचुलतिओन्) का आधारमा निजी रक्षाको हक क्रियान्वित हुन नसक्ने । आफूउपर आक्रमण हुन सक्छ भन्‍ने मनासिब माफिकको विश्‍वास गर्नुपर्ने कारण (रेअसोनब्ले बेलिएफ्) देखिनुपर्ने । (प्रकरण नं।१९क) आक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10762वि.सं. २०७८संयुक्त इजलास

लागु औषध

कुनै पनि व्यक्तिका विरूद्ध राज्यका निकायले काल्पनिक वारदात खडा गरी झुठ्ठा मुद्दामा अभियोग लगाउने कार्य सभ्य समाजमा कल्पनासम्म गर्न नसकिने । यस्तो कार्य प्रहरीलाई प्राप्त अनुसन्धान गर्ने अधिकार तथा महान्यायाधिवक्ता वा सरकारी वकिललाई प्राप्त अभियोजन गर्न पाउने अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10761वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण / परमादेश

सामान्यतया कानूनको व्याख्या र प्रयोग गर्दा यदि पुरानो कानूनमा भएका प्रावधानलाई नयाँ कानूनले प्रतिस्थापन गर्दछ र त्यसबाट सरोकारवालालाई फाइदा पुग्दछ भने नयाँ कानूनी व्यवस्थाअनुसारकै सुविधा प्रदान गरिनुपर्ने । (प्रकरण नं.४) छाता ऐनको रूपमा रहेको राष्‍ट्रिय चिकित्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10760वि.सं. २०७८संयुक्त इजलास

अंश दर्ता

जसले छोडपत्र लियो सो व्यक्ति मात्र अलग भएको भन्ने अर्थ लाग्दछ । समग्र अंशियारको अंश भएको भन्ने अर्थ गर्न नमिल्ने । छोडपत्रको कागज कायम रहेको अवस्थामा अंश नपाउने भनी अर्थ गर्न सकिएला तर सो छोडपत्रको कारणले छोडपत्र लिनेबाहेकका अन्य अंशियारहरू सगोलमा छैनन् र निजह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10759वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

सरकारवादी हुने केही खास प्रकारका फौजदारी कसुरका सन्दर्भमा अभियुक्तको बैंक खातालगायतका सम्पत्ति रोक्का राख्ने अवस्था अवश्य नै रहन सक्तछ । तर यसरी खाता रोक्का राखिँदा सोको औचित्य पनि पुष्टि हुनुपर्ने । कुनै नागरिकउपर कुनै फौजदारी अभियोगको कुरामा जाहेरी परेको छ भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10758वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

कानूनबमोजिमको पर्याप्त र मनासिब आधार र कारण भएमा कानूनको उचित प्रक्रिया पूरा गरेर मात्र नियुक्ति गर्ने अधिकारीले बर्खास्ती गर्न सक्ने । निर्वाचन आचार संहिता लागु भएपछि नियुक्ति भएको भन्ने आधारमा नै पूर्ववर्ती सरकारले गरेका सबै नियुक्तिहरू गोश्वारा रूपमा स्वत:…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10757वि.सं. २०७८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

बालबालिकासम्बन्धी ऐनको दफा ४३(१) ले कानूनी द्वन्द्वमा परेमा बालबालिकालाई राख्‍ने व्यवस्थाको लागि बालसुधार गृहको स्थापना गरेको र सो बाल सुधार गृहमा बालबालिकाको लागि हुने कैदको सजायभन्दा बढी सजाय गर्नको लागि राखिएको स्थान हो भनी मान्‍न नमिल्ने । स्वभावैले पनि कै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10756वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण

नेपालको संविधानको धारा १८(३) को प्रतिबन्धात्मक वाक्यांशअन्तर्गत गरिने कार्यक्रमको लक्ष्य आर्थिक, सामाजिक, शैक्षिक स्थितिको सुधार गर्ने हुँदा लक्षित कार्यक्रमभित्र आरक्षण, आर्थिक सहयोग, छात्रवृत्ति, संस्थागत सुधार, सामाजिक रूपान्तरणको लागि चेतनाको विकास आदि कुर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10755वि.सं. २०७८संयुक्त इजलास

जबरजस्ती करणी

कुनै पनि घटना घटिसकेपश्चात् सही Clinical examination गर्नका निम्ति सकेसम्म चाँडो “fresh-sample” लिइएको हुनुपर्ने । दुई दिनपछि लिइएको “sample” “contamination-free” थियो भनी मान्‍न नसकिने । वीर्य (Semen) नभेटिएको मात्र आधारमा प्रतिवादीले कसुर गरेको होइन भनी मान्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10754वि.सं. २०७८संयुक्त इजलास

बैंकिङ्ग कसूर

बैंकिङ कसुर

§ चेक काटेर दिने र लिने बीचको व्यवहारमा चेक काटेर दिने पक्षको मनसाय कस्तो छ, दुर्भावनायुक्त छ, छैन; उसको उद्देश्य चेक लिने पक्षलाई नोक्सान पार्ने प्रवृत्तभावनाबाट प्रेरित थियो, थिएन र पीडितले नोक्सान व्यहोर्नु पर्‍यो, परेन जस्ता कुराहरू न्यायको रोहमा हेर्नु आव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10753वि.सं. २०७८संयुक्त इजलास

जबरजस्ती करणी तथा हाडनाता करणी

वादीले खारेज भइसकेको कानूनलाई आधार बनाई सजाय माग गरेको अवस्थामा अदालतले वादीको दाबी यस्तो हुनुपर्दछ भनी दाबी नै परिवर्तन गर्न नमिल्ने । कार्यविधि कानूनको अनुशरण गरेर नै न्याय निरूपण गर्नुपर्दछ । स्थापित कार्यविधि अनुशरण नगर्नु कानूनको दृष्‍टिमा त्रुटिपूर्ण हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10752वि.सं. २०७८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

कुनै व्यक्ति कसुरमा संलग्न हुन सक्दछ । त्यस्तो व्यक्तिलाई सुधारको अवसर दिँदा सुध्रिएर समाजको लागि उपयोगी साबित हुन सक्छ भन्‍ने दण्डको सुधारवादी सिद्धान्त मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ मा अन्तरनिहित रहेकोले यो दफाको व्याख्‍या र प्रयोग गर्दा उ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10751वि.सं. २०७८संयुक्त इजलास

बैंक डकैती

बैंक डकैती जस्तो सङ्गठित अपराध गर्न दुई तीन व्यक्तिको मात्र मनसाय वा कार्यले सम्भव नहुने हुनाले यस्तो अपराध गर्नको निम्ति तीन जनाभन्दा बढी व्यक्तिको संलग्नता रही ती व्यक्तिहरूबिच कार्य विभाजन गरी सम्पन्न गर्ने हेतु राखिन्छ । बैंक डकैती जस्तो सङ्गठित अपराधमा सब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10750वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण / परमादेश

सार्वजनिक हक वा सरोकारको विवाद भन्‍नाले कुनै खास व्यक्ति वा व्यक्तिहरूको व्यक्तिगत हक वा सरोकारमा मात्र सीमित भएको विवाद नभएर नेपाल राज्यका सर्वसाधारण जनता वा कुनै जनसमुदायको सामूहिक हक वा सरोकारसँग सम्बन्धित भएको विवादको बोध हुन्छ । देशको सुरक्षा, शासन व्यवस्…

नजिर सार पढ्नुहोस् →