फौजदारी कानूनको प्रयोग गर्दा जुन कार्यका लागि कानूनले जे जुन सजायको व्यवस्था गरेको छ, सोहीबमोजिमको कानून प्रयोग गरिनुपर्दछ । कानूनको परिधि नाघेको कुनै एउटा तथ्यको आधारमा ठुलो कसुरजन्य कार्य गर्न लागेको कुराको अनुमान गरी शंकाकै आधारमा गम्भीर प्रकृतिको कसुर गरेक…
बहुविवाह मुद्दामा सबैभन्दा बढी पीडा मर्का पर्ने जेठी श्रीमती र निजतर्फबाट जायजन्म भएका सन्तानहरू नै हुन्छन् । कसुरको कार्य लामो अवधिसम्म गोप्य राखी प्रकट नगर्ने र जेठी श्रीमतीले पहिले नै थाहा पाइसकेको भनी मौखिक बयान बकपत्र गर्ने कार्यबाट हदम्याद गणना गर्नु विध…
लेनदेन मुद्दाबाट बिगो भराई पाउने ठहरी फैसला भएकोमा सो ऋण लिने निवेदकले फैसला कार्यान्वयन हुँदा कानूनबमोजिम हुने दायित्व निर्वाह गर्नुपर्ने । फैसलाबमोजिम साहुको बिगो तिर्नुपर्ने कानूनी कर्तव्य ऋणीमा रहने । फैसला गरेर मात्र होइन फैसला कार्यान्वयन गर्नु पनि अदाल…
दाइजोबाट पाउने सम्पत्तिको स्रोत र आर्जन गरेको सम्पत्तिको स्रोत एकै किसिमको नभई फरकफरक किसिमको हुन्छ । दाइजोको सम्पत्तिको स्रोत माइती, मावलीहरू हुन्छन् भने आर्जनबाट प्राप्त हुने सम्पत्तिको स्रोत आफ्नै ज्ञान, सिप, प्रयास हुन्छ । दुवै स्रोतबाट प्राप्त हुने सम्पत…
लासलाई फाल्ने कुरा भनेको मृत्युपछिको अवस्था हो । प्रतिवादीले मारिसकेपछि लास कहाँ राख्यो वा कसरी फाल्यो भन्ने कुराले प्रतिवादीको कर्तव्य गरी मार्नुपूर्वको मनसायलाई सामान्यतया प्रतिबिम्बित गर्दैन । प्रतिवादीको मृतकलाई मार्ने अवस्थासम्म कस्तो प्रकृतिको मनसाय थियो…
न्यायिक निकायबाट मुद्दाको रोहमा फैसला गर्दा वादीले दाबी लिएको सम्पूर्ण विषयमा दाबी पुग्ने हो, होइन भनी निर्णय नगरी वादीले दाबी लिएको केही विषयमा मात्र निर्णय गरी फैसला गर्न मिल्ने नदेखिने । अर्थात्, मुद्दाको रोहमा न्यायिक निकायले फैसला गर्दा वादीले लिएका सम्पू…
उपभोक्ता संरक्षण ऐन, २०७५ को कानूनी प्रावधानबमोजिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीलाई निरीक्षण अधिकृत तोकी मुद्दा हेर्ने क्षेत्राधिकार प्रत्यायोजित भइसकेको अवस्थामा मुद्दाको काम कारबाही तथा क्षेत्राधिकारको सम्बन्धमा निरीक्षण अधिकृतबाट निर…
तबला विषय सङ्गीतअन्तर्गतको विशेष विधा भएकोले सङ्गीतको विज्ञलाई तबलाको समेत विषय विज्ञ भनी व्याख्या गर्न सकिने देखिँदैन । तबला विषयको विज्ञका रूपमा तबला नै अध्ययन अध्यापन गरेको वा तबला विषयमा विज्ञता हासिल गरेको व्यक्तिलाई नियुक्ति गर्नुपर्ने । तबला विषयको अन्त…
विदेश स्थित विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गर्न चाहने विद्यार्थीहरूले नेपालमा प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्ने भनी नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले तोकेको सर्तले योग्य व्यक्तिलाई भर्ना हुन निषेध नगरी अयोग्य व्यक्तिलाई मात्र भर्ना हुन रोक्ने हुनाले यस…
सामान्यतया मुचुल्काहरू गर्दाको बखत साक्षी तथा रोहबरमा बस्ने व्यक्तिहरू सोही वडाको बासिन्दा वा जनप्रतिनिधि रहेको हुनुपर्छ, यसो गरेमा उक्त कागजले प्रमाणको गुणता बढाउने हुँदा मुचुल्काहरू तयार गर्दा यस्ता कुरालाई ध्यानमा राख्नुपर्ने । विभिन्न वडामा रहेका प्रतिवादी…
पोष्टमार्टम रिपोर्टमा लास जाँचको प्रकृति तथा मृतकको मृत्युको कारण र आधार दुवै हुन्छ भने घटनास्थल र लास जाँच प्रकृति मुचुल्कामा घटनास्थलको प्रकृति र मृतकको अवस्थासम्म मात्र उल्लेख गरेको हुन्छ त्यसमा उल्लेख भएका बेहोराले मात्र मृतकको मृत्युको कारणमा स्पष्ट हुने…
लोक सेवा आयोगले प्रकाशन गरेका विज्ञापनमा विभिन्न चरणका परीक्षाहरू उत्तीर्ण गरी अन्तिम नतिजा प्रकाशनको चरणमा रहेका निवेदकहरूको योग्यताक्रम कानूनले तोकेको अवधिभित्र सिफारिस गर्नुपर्नेमा सो नगरी निवेदकहरूको वैधानिक अपेक्षासमेतको विपरीत विज्ञापनबमोजिमको परीक्षाको…
कुनै पनि लिखत किर्ते जालसाजीबाट खडा गर्नु र डर त्रास देखाई लिखतमा करकापबाट कारणीको सहीछाप गराउनु फरक फरक अवस्था हो । एउटामा लिखतमा सहीछाप गर्ने व्यक्ति आफ्नो सहीछापबारे अनभिज्ञ रहेको हुन्छ भने अर्कोमा कारणी अर्थात् लिखत गरिदिनेलाई डर त्रास देखाई दबाबमा पारी कर…
सङ्क्रमणकालीन न्यायको अभिन्न अङ्गको रूपमा रहेको विस्थापित शिक्षकहरूको समस्या पुन:स्थापकीय न्यायका मान्यताका आधारमा विचार गर्नुपर्ने । (प्रकरण नं.६) कुनै पनि व्यक्तिको जीवनमा आफ्नो र परिवारको जिउ ज्यान, घर र वासस्थान जस्तो ठुलो र प्रिय कुरा अरू हुन सक्दैन । सशस…
अभियोग दाबी गर्दा एक वर्ष एक महिनाको सजायको मागदाबी गरी एक वर्ष एक महिना सजाय हुने गरी फैसला हुनु र सजाय कार्यान्वयनको तहमा सजाय गाभिनु वा घटाइनुको कारणबाट एक वर्ष सजाय गर्नु फरक विषय हो । तसर्थ एक वर्षभन्दा बढी सजाय हुने कसुरमा सजाय कार्यान्वयनमा सजाय गाभी एक…
मुद्दामा आरोपीले हार्नु वा जित्नु एउटा प्रश्न हो तर मुद्दामा प्रतिवाद नै गर्न नपाई कुनै अदालत वा कुनै न्यायिक वा अर्धन्यायिक निकायको फैसलाअनुसार परिणाम भोग्नु न्यायको उपहास हुन जाने हुन्छ । म्याद सूचना पाउनुपर्ने व्यक्तिका नाममा जारी भएको म्याद र भएको तामेली…
कानूनले तोकिदिएको समयभित्र कुनै विदेशी नागरिकलाई कोभिड १९ को प्रतिकूल परिस्थितिका कारण निष्काशन गर्न नसकिएको देखिए पनि त्यस्ता व्यक्तिहरूलाई सार्वजनिक सुरक्षाका नाममा वैयक्तिक स्वतन्त्रताको हनन हुने गरी गैरकानूनी रूपमा हिरासतमा राख्न प्रचलित कानूनले अधिकार प्…
लागु औषधसम्बन्धी अपराधमा प्रमाण पुर्याउने भार अभियुक्तमा निहित छ भन्दैमा सबै मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्ने ऐनको मनसाय पनि होइन । मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादी निर्दोष देखिने स्थिति छ भने सोको विरूद्ध आफूले लगाएको अभियोग प्रमाणित गर्न…
रिट क्षेत्रबाट कुनै कानूनी निकायबाट भएको काम कारबाहीको विषयमा सोही निकायबाट पुनरावेदनसमेत सुनी निर्णय भएको मुद्दाको तथ्यभित्र प्रवेश गरी निर्णय गर्नुभन्दा कानूनको उचित प्रक्रिया (due process) अवलम्बन भएको छ, छैन, प्राकृतिक न्यायको सिद्धान्तको पालना भएको छ, छैन…
सार्वजनिक हितको लागि बाटो विस्तार गर्ने असल नियत र उद्देश्यका साथ प्रत्यर्थीहरूले काम गरेको भए तापनि उक्त कार्यमा त्यसबाट प्रभावित हुने टोल समुदाय वा व्यक्तिहरूसँग परामर्श गरी पूर्वसूचना दिई कानूनले तोकेको प्रक्रिया र कार्यविधि अपनाई कार्य अगाडि बढाउँदा यदि को…
घर निर्माण भई बजार नै बनेको लामो समयसमेत बितिसकेको स्थितिमा र संविधानले नै प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने कुराको प्रत्याभूति गरेको अवस्था छ भने सडक विस्तारको क्रममा घर भत्काउनुपर्ने भएमा यो कुरालाई मानवीय दृष्टिबाट हेर्नुपर्ने हुन्छ । बनिरहेको आवासब…
निखन्न दिनुपर्ने अवस्था छ वा छैन भनी प्रमाण बुझी यकिन गर्नुपर्ने कुरामा निर्णय गर्न पाउने अधिकार कानूनले मालपोत कार्यालयलाई प्रदान गरेको देखिँदैन । लिखत गरिदिने व्यक्तिसँग दाजु-भाइको नाता सम्बन्ध रहेको, जग्गा साबिकको एउटै कित्ताबाट कित्ताकाट भई आएको, जग्गाको स…
विधायिकाले लेनदेन व्यवहारको महल र किर्ते कागजको महलमा छुट्टाछुट्टै हदम्यादको व्यवस्था गरेकोमा यी दुई मार्गमध्ये कुनैमा मुद्दा चलाउन सक्ने अख्तियारी प्रदान गरेको अवस्थामा वादीहरूलाई लेनदेन व्यवहारको महलअन्तर्गतको मुद्दा लिएर आउनुपर्छ भनी बाध्य गर्न कानूनतः नमिल…
मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संहितामा प्रवेश पाएको सजाय छुट दिन सकिने वा सजाय कम गर्ने मागदाबीसम्बन्धी व्यवस्थालाई दाबीको सौदाबाजी (Plea Bargaining) को अवधारणाअनुसार नेपालको परिप्रेक्ष्यमा मूलत: अनुसन्धानमा कसुरदार वा अभियुक्तले कसुर स्वीकार…