नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10794 · वि.सं. २०७८
नि.नं. 10794 — हक फिर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
दाइजोबाट पाउने सम्पत्तिको स्रोत र आर्जन गरेको सम्पत्तिको स्रोत एकै किसिमको नभई फरकफरक किसिमको हुन्छ । दाइजोको सम्पत्तिको स्रोत माइती, मावलीहरू हुन्छन् भने आर्जनबाट प्राप्त हुने सम्पत्तिको स्रोत आफ्नै ज्ञान, सिप, प्रयास हुन्छ । दुवै स्रोतबाट प्राप्त हुने सम्पत्तिको पुष्टि दाबी लिने व्यक्तिले तथ्ययुक्त प्रमाणबाट गर्नुपर्छ । आफ्ना पालामा आर्जन गरेको दाइजोबाट प्राप्त सम्पत्ति हो भनेर मात्र नहुने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादीले आफ्नो नाउँमा रहेको जग्गामा रहेको आफ्नो हकअधिकार तथा स्वामित्व त्याग गरी सो जग्गाबाट आफूले अंश नलिने भन्ने निजको फिराद जिकिर नभई, आफ्नो नाउँमा उक्त जग्गा दर्ता रहेकै कारण निजले लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद हुँदा आफ्नो पतिबाट अंश नलिने भनी, अंशमा दाबी नगरी सम्बन्ध विच्छेद तर्फ मात्र मागदाबी लिई फिरादपत्र दर्ता गरेबाट उक्त जग्गामा निजको स्वमित्व समाप्त भएको भनी अदालतले अनुमान गर्नु न्यायोचित नहुने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10794 |
|---|---|
| मुद्दाको विषय | हक फिर्ता |
| निर्णय वर्ष / मिति | 2077/12/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री अर्जुन अधिकारी | माननीय न्यायाधीश श्री यमुना भट्टराई |
| मुद्दा नं. | ०७२-CI-१३१८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10794 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
