नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10787 · वि.सं. २०७८

नि.नं. 10787 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

पोष्टमार्टम रिपोर्टमा लास जाँचको प्रकृति तथा मृतकको मृत्युको कारण र आधार दुवै हुन्छ भने घटनास्थल र लास जाँच प्रकृति मुचुल्कामा घटनास्थलको प्रकृति र मृतकको अवस्थासम्म मात्र उल्लेख गरेको हुन्छ त्यसमा उल्लेख भएका बेहोराले मात्र मृतकको मृत्युको कारणमा स्पष्ट हुने गरी पूर्णता प्रदान गरेको नहुने । (प्रकरण नं.१०) परिस्थितिजन्य प्रमाणहरू पनि मालाकार कडीको रूपमा नभई पृथक् ढङ्गको भएमा त्यसलाई मालाकार कडीको रूपमा जोडेर प्रतिवादीसम्म पुर्‍याउने कर्तव्य अदालतको नहुने । त्यो परिस्थितिजन्य प्रमाण स्वयं नै मालाकार कडीको रूपमा हुनुपर्ने । (प्रकरण नं.१७) मौखिक प्रमाण प्रत्यक्ष प्रमाणका रूपमा उल्लेख हुन नसकेको स्थितिमा साक्षी प्रमाणको तौल र महत्त्वको सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा ३७ (२) समेतका आधारमा साक्षीहरूको केवल कोरा भनाइलाई मात्र विश्वसनीय प्रमाणको रूपमा मान्न नमिल्ने । (प्रकरण नं.१८) कुनै घटना घट्नु र कसुर प्रमाणित हुनु भनेको अलगअलग विषय हुन् । कसुर प्रमाणित गरी सजाय गर्ने प्रमाण विरोधाभाषयुक्त हुनु हुँदैन । अस्पष्ट र अनिश्चयात्मक कथनलाई कसुरदार ठहर गर्ने प्रमुख आधार बनाए न्याय मर्न जाने । (प्रकरण नं.२१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10787
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2078/10/21
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री ईश्‍वरराज आचार्य | माननीय न्यायाधीश श्री विनोद शर्मा | माननीय न्यायाधीश श्री विदुर विक्रम थापा | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हाको राय । | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयालको राय । | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हाको राय सदर हुनुपर्छ भनी गर्नुभएको बहससमेत सुनियो । | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हाको राय र प्रतिवादी दुर्गाबहादुर मगरले अपराध गरेका होइनन् भन्ने अवस्थामा पुग्न सकिएन । निजलाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरी साथै प्रतिवादी तिलकबहादुर मगर उक्त घटनामा प्रत्यक्ष संलग्न रहेको नदेखिँदा निजले सफाइ पाउने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेकै हुँदा सदर हुने ठहर्छ भन्ने माननीय न्यायाधीश श्री हरिप्रसाद फुयालको फरक राय भई सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम पूर्ण इजलाससमक्ष पेस हुन आएको पाइयो । | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयालबाट सदर गर्ने गरी राय व्यक्त भएको देखियो । यसमा एक जना प्रतिवादीले यी श्रीमती नाताकी बयस्क महिला, जोसँग यी प्रतिवादीको कुनै रिसइवी पनि नदेखिएको, मार्नुपर्ने कारण पनि नखुलेको यिनै प्रतिवादीले यो यसरी मारेका हुन् भनी घटनाक्रमको यथार्थ बेहोरा पनि अनुसन्धानबाट खुल्न नसकेको अवस्थामा एक जना प्रतिवादी तिलकबहादुर मगरलाई सफाइ दिने र सोही अभियोगमा यी प्रतिवादी दुर्गाबहादुर मगरलाई सोही प्रमाण र आधारमा सर्वस्वसहित जन्मकैद गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसलालाई सदर गर्ने गरी व्यक्त माननीय न्यायाधीश हरिप्रसाद फुयालको रायसँग सहमत हुन सकिएन ।
मुद्दा नं.०७६-CF-०००३ | ०७६-CF-०००४
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10787
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्