नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10779 · वि.सं. २०७८

नि.नं. 10779 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

रिट क्षेत्रबाट कुनै कानूनी निकायबाट भएको काम कारबाहीको विषयमा सोही निकायबाट पुनरावेदनसमेत सुनी निर्णय भएको मुद्दाको तथ्यभित्र प्रवेश गरी निर्णय गर्नुभन्दा कानूनको उचित प्रक्रिया (due process) अवलम्बन भएको छ, छैन, प्राकृतिक न्यायको सिद्धान्तको पालना भएको छ, छैन, अख्तियारप्राप्त पदाधिकारीबाट निर्णय भएको छ, छैन, निर्णय प्रवृत्त वा बदनियतपूर्ण छ, छैन, कानूनको देखादेखी त्रुटि (apparent error of law) भएको छ वा छैन, भन्‍ने प्रश्‍नहरू हेरिन्छ । तर कुनै निर्णयमा तत्काल देखिने गरी न्यायिक मन प्रयोग नभएको कारण अन्याय पर्न गएको देखिएमा रिट क्षेत्रबाट पूर्ण न्यायको प्रयोजनार्थ विचार नै गर्न नसकिने भन्‍ने नहुने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10779
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2077/10/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री कुमार रेग्मी
मुद्दा नं.०७४-WO-०८७१
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10779
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्