नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10780 · वि.सं. २०७८
नि.नं. 10780 — लागु औषध ब्राउनसुगर
सिद्धान्त / नजिर सार (Headnote Summary)
लागु औषधसम्बन्धी अपराधमा प्रमाण पुर्याउने भार अभियुक्तमा निहित छ भन्दैमा सबै मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्ने ऐनको मनसाय पनि होइन । मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादी निर्दोष देखिने स्थिति छ भने सोको विरूद्ध आफूले लगाएको अभियोग प्रमाणित गर्न प्रमाण पुर्याउनुपर्ने भार र कानूनी दायित्व वादी पक्षको पनि हो । वादीले अनुमानका आधारमा लिएको दाबीबाट मात्र प्रतिवादीलाई कसुरदार ठहर्याउनु न्यायोचित नहुने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10780 |
|---|---|
| मुद्दाको विषय | लागु औषध ब्राउनसुगर |
| निर्णय वर्ष / मिति | 2077/02/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री विष्णुप्रसाद कोइराला | माननीय न्यायाधीश श्री खुशीप्रसाद थारू |
| मुद्दा नं. | ०७५-CR-०७६७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10780 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
