नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10776 · वि.सं. २०७८
नि.नं. 10776 — जग्गा हक निखनाई पाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
निखन्न दिनुपर्ने अवस्था छ वा छैन भनी प्रमाण बुझी यकिन गर्नुपर्ने कुरामा निर्णय गर्न पाउने अधिकार कानूनले मालपोत कार्यालयलाई प्रदान गरेको देखिँदैन । लिखत गरिदिने व्यक्तिसँग दाजु-भाइको नाता सम्बन्ध रहेको, जग्गा साबिकको एउटै कित्ताबाट कित्ताकाट भई आएको, जग्गाको साँध-सिमाना जोडिएको जस्ता कुरालाई नै निखन्न पाउने कुराको एक मात्र निर्णायक आधार मान्न मिल्ने पनि देखिँदैन । वास्तविक अर्थमा वा व्यावहारिक रूपमा निकास नै बन्द हुने गरी सन्धि-सर्पन परेको अवस्था छ वा छैन भन्ने कुराका आधारमा नै निखनाई पाउने वा नपाउने कुराको निरूपण गरिनुपर्ने । (प्रकरण नं।३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10776 |
|---|---|
| मुद्दाको विषय | जग्गा हक निखनाई पाऊँ |
| निर्णय वर्ष / मिति | 2077/12/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री उमेशराज पौड्याल | माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10776 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
