नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10778 · वि.सं. २०७८
नि.नं. 10778 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
सार्वजनिक हितको लागि बाटो विस्तार गर्ने असल नियत र उद्देश्यका साथ प्रत्यर्थीहरूले काम गरेको भए तापनि उक्त कार्यमा त्यसबाट प्रभावित हुने टोल समुदाय वा व्यक्तिहरूसँग परामर्श गरी पूर्वसूचना दिई कानूनले तोकेको प्रक्रिया र कार्यविधि अपनाई कार्य अगाडि बढाउँदा यदि कोही व्यक्तिको जग्गा कम्पाउन्ड बाटो विस्तारमा पर्ने रहेछ भने कानूनबमोजिम मुआब्जा वा क्षतिपूर्ति दिई बाटो विस्तार गर्नुपर्दछ । हाल जग्गाको चरित्र, अवस्था र स्वामित्वमा व्यापक परिवर्तन भइसकेको भए तापनि यदि पहिला कसैले सडक वा सार्वजनिक हितको निमित्त केही योगदान दिएको छ भने त्यसलाई मूल्याङ्कन गर्दिन भन्न नमिल्ने । (प्रकरण नं.९) एक पक्षले बाटोको लागि जग्गा छाडेका थिए भने पटक-पटक जग्गा छाडिरहनुपर्ने र उनीहरूले पहिला गरेको योगदानलाई कुनै मान्यता नदिने गरी भएको कार्य संविधान प्रदत्त समानताको हकको समेत विपरीत हुने । बाटो विस्तारलगायतका विकास निर्माणका कार्यहरू गर्दा सहमतिमा अन्यथा भएकोमा बाहेक दायाँ बायाँ पर्ने दुवै पक्षले बराबर जग्गा पर्ने गरी नै गर्नु न्यायोचित हुने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10778 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2077/09/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री नागेन्द्रलाल कर्ण |
| मुद्दा नं. | ०७२-CI-०१४८ | ०७१-CI-०२६२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10778 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
