सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३० / ४४०

नि.नं. 10821वि.सं. २०७९संयुक्त इजलास

कर्तव्य ज्यान

अस्पतालमा उपचार गरिरहेको बिरामीको कागज गर्दा सो स्थानमा मौजुद रहेका नर्स, चिकित्सक आदि व्यक्तिको रोहबरमा नभएको कागजको बेहोरा शङ्कास्पद देखिने । अनुसन्धानकर्ताले पेस गरेको मृत्युकालीन घोषणा भनिएको शङ्कास्पद कागजलाई मात्र भर गर्न सकिने देखिन नआउने । (प्रकरण नं.१…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10820वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

एउटा विश्वविद्यालयका लागि नेपाल मेडिकल काउन्सिलको प्रावधान लागु हुने र अर्को विश्वविद्यालयको हकमा लागु नहुने भन्ने कुरा समानताको सिद्धान्त प्रतिकूल भई न्यायसङ्गत मान्न नमिल्ने । (प्रकरण नं.१३) नेपाल मेडिकल काउन्सिलबाट जारी भएको Accreditation Standards for the…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10819वि.सं. २०७९संयुक्त इजलास

जबरजस्ती करणी

पीडितले बकपत्र गर्दा निजलाई सोधिएका प्रश्‍नको सामान्य रूपमा नै जवाफ दिएको पाइएको र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले चिकित्साशास्त्रका सर्वमान्य सिद्धान्त र नेपालको परिप्रेक्ष्यमा निश्‍चित गरिएको मापदण्डको आधारमा यकिन राय नदिई पीडितको अभिभावकले मौखिक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10818वि.सं. २०७९संयुक्त इजलास

कर्तव्य ज्यान

आफूले गरेको कसुर स्वीकार गरी अनुसन्धान अधिकारीसमक्ष बयान गरेको देखिए तापनि अदालतमा बयान गर्दा आरोपित कसुरमा इन्कार रही बयान गरेबाट न्यायिक प्रक्रियामा सहयोग पुर्‍याएको अवस्था नभई घटना घटाएपश्चात् तत्काल फरार भई विदेश गई लुकीछिपी बसेको र केही वर्षपछि नेपाल आएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10817वि.सं. २०७९संयुक्त इजलास

कर्तव्य ज्यान

आपराधिक दायित्वको समाप्तिपश्चात् कसुरदार विरूद्धको फौजदारी मुद्दाको कारबाही प्रक्रिया जे जुन अवस्थामा छ, सोही अवस्थामा अन्त्य भएको मानिने । जसअनुसार मुद्दा अनुसन्धानको चरणमा भए निज विरूद्ध अभियोजन नै नगरिने, अभियोजन भइसकेको भए मुद्दा खारेज गरिने र अदालतबाट कसु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10816वि.सं. २०७९संयुक्त इजलास

कर्तव्य ज्यान

अनुसन्धानमा सङ्कलित प्रमाणहरू न्यायिक परीक्षणका क्रममा समर्थित तथा सत्य साबित हुन सक्नुपर्दछ । त्यस्तै सङ्कलित प्रमाणहरू परस्पर विरोधाभाषपूर्ण नभई एकबाट अर्को समर्थन हुन सक्ने हुनुपर्ने हुन्छ । यदि अनुसन्धानमा सङ्कलित प्रमाणहरू न्यायिक परीक्षणका क्रममा समर्थित…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10815वि.सं. २०७९संयुक्त इजलास

आयकर (०६७/६८)

कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले कर दाखिला गर्नुपर्ने किस्तामा कम कर दाखिला गरेकोमा सो कम भएजतिमा ब्याज लाग्ने व्यवस्था आयकर ऐन, २०५८ दफा ११८ को व्यवस्था हो । सोबाहेक कुनै पनि प्रकारको आयमा लाग्ने करलाई तोकिएको सम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10814वि.सं. २०७९संयुक्त इजलास

उत्प्रेषण

सशस्त्र प्रहरीले फौजदारी कसुरको अनुसन्धान नगर्ने भएकोले तत्काल सम्बन्धित नेपाल प्रहरीलाई अनुसन्धानको लागि सम्बन्धित व्यक्तिलाई जिम्मा लगाउनु कानूनद्वारा निर्दिष्ट प्रक्रिया हो । सशस्त्र प्रहरीमा काम गरेको कारणबाट मात्र कसैले त्यस्तो प्रक्रियाबाट छुट पाउने वा आ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10813वि.सं. २०७९पूर्ण इजलास

उत्प्रेषण / परमादेश

निवेदकका नाममा कायम रहेका कित्ताहरूमा बढ क्षेत्रफल कायम हुने गरी बढ क्षेत्रफल कायम गर्ने क्षेत्राधिकार आयोजनाको नभए तापनि आयोजना प्रभावित कुनै पनि व्यक्तिको जग्गा साबिक स्रेस्ताभन्दा बढी भएको छ र निजले सो बेहोरा उल्लेख गरी स्रेस्ता पुर्जा पेस गरेको अवस्थामा नि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10812वि.सं. २०७९संयुक्त इजलास

कर्तव्य ज्यान

पोलिग्राफ परीक्षण प्रतिवेदन कुनै भरपर्दो प्रमाण होइन; पोलिग्राफ परीक्षण पद्धतिलाई वैज्ञानिक रूपमा भरपर्दो र विश्वसनीय तुल्याउने कानूनी आधारहरू तयार भएको अवस्था पनि देखिँदैन; यस प्रकारको परीक्षणलाई न्यायिक मान्यता प्रदान गर्दा व्यक्तिका केही मौलिक हक अधिकारमा आ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10811वि.सं. २०७९संयुक्त इजलास

अंश चलन

शेषपछिको बकसपत्रको लिखतको कानूनी अस्तित्व यथावत् रहेको अवस्थामा सो शेषपछिको बकसपत्रको लिखत गरिदिनेको इच्छाबमोजिम निजको अंश हकको सम्पत्तिसमेत बन्डा गरी शेषपछिको बकसपत्र प्राप्त गर्नेलाई दिने मनसायअनुसार नै बन्डा लाग्ने सम्पत्तिमा अंश लाग्ने । (प्रकरण नं.८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10810वि.सं. २०७९संयुक्त इजलास

कर्तव्य ज्यान

मृत्युकालीन घोषणा मानिसले आफू मर्नुअघि होस छँदै व्यक्त गरेको कथन (statement) हो । यस्तो कथन (statement) लिपिबद्ध हुन पनि सक्छ र नहुन पनि सक्छ तर निजले भनेको बेहोरा सुन्ने व्यक्तिले अदालतमा साक्षीका रूपमा उपस्थित भएमा प्रमाणका रूपमा लिन मिल्ने हुन्छ । यो hearsa…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10809वि.सं. २०७९पूर्ण इजलास

उत्प्रेषणसमेत

संविधान जारी भएपछि नियुक्त भएकै आधारमा निवेदकहरूले निजामती सेवाको सङ्घको पदमा नियुक्ति पाएको भनी मान्न नमिल्ने । समायोजनको प्रयोजनको लागि संविधान जारी हुनुपूर्व नियुक्त कर्मचारी र यी रिट निवेदकहरूको वैधानिक हैसियतमा कुनै तात्विक भिन्नता देखिन नआएकाले सो प्रयोज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10808वि.सं. २०७९पूर्ण इजलास

उत्प्रेषणसमेत

न्यायिक स्वतन्त्रताभित्र न्यायपालिकाको संरचनागत स्वतन्त्रता, न्यायिक कार्यमा कार्यगत स्वायत्तता, त्यसमा कार्यरत न्यायाधीशहरूको नियुक्ति, कार्यकाल र सेवा सुविधामा निश्चितता र संविधान र कानूनद्वारा निश्चित गरिएका आधार र प्रक्रियाबाहेक अन्य आधारमा सेवाबाट मुक्त ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10807वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण / परमादेश

नेपाल राष्ट्र बैंकले कुनै खास विषयमा अनिवार्य रूपमा नियमहरू बनाउनुपर्ने वा निर्देशिका जारी गर्न नहुने भन्ने बाध्यकारी व्यवस्था नभएको र बैंकले आवश्यक विषयमा निर्देशिका जारी गर्न सक्ने कानूनी व्यवस्था देखिएकोले आवश्यक नियमावली बनाउनु भनी परमादेश जारी गर्न नमिल्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10806वि.सं. २०७८संयुक्त इजलास

उत्प्रेषण / परमादेश

पुनरावलोकन समितिलाई बोलपत्र दाता र सार्वजनिक निकायबिच बोलपत्रको सम्बन्धमा निर्णय र सम्झौता हुनुपूर्व पेस भएको बोलपत्रलाई छानबिन गरी निर्णय हुँदा बोलपत्रको छानबिनको कारबाही र निर्णयमा कुनै कानूनी त्रुटि हुन गएको भए पुनरावलोकन समितिले त्यस्तो त्रुटिहरूमा मात्र आ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10805वि.सं. २०७८संयुक्त इजलास

आयकर (२०६२/०६३)

घर बहालको कारोबारमा मूल्य अभिवृद्धि कर लगाउने हो भने त्यस्तो बहालको प्रयोजन व्यावसायिक निकायले सेवा व्यापारका लागि भएको पुष्टि हुने आधारहरू विद्यमान रहेको हुनुपर्ने l अन्यथा, गैरव्यावसायिक प्रयोजनको लागि घर बहालमा लगाएकोमा करदातालाई मूल्य अभिवृद्धि कर लाग्छ भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10804वि.सं. २०७८संयुक्त इजलास

लिखत बदर दर्तासमेत

सरकारी कार्यालयको अभिलेखमा रहेको कागजात किर्ते भएको सम्बन्धमा आधिकारिक निकायबाट अनुसन्धान कारबाही नभएको भन्‍ने आधारमा मात्र कसैको व्यक्तिगत सम्पत्ति गैरकानूनी रूपमा हरण हुन नसक्ने । कानूनी रूपमा मन्जुरी गरी लिखत गरी नदिएको अवस्थामा निजको सम्पत्तिमा असर पर्न नस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10803वि.सं. २०७८संयुक्त इजलास

लिखत बदर दर्ता बदर दर्ता

घर व्यवहार चलाउने मुख्य व्यक्तिले घर व्यवहार चलाउन अप्ठेरो परेको अवस्थामा पैत्रिक अचल सम्पत्तिको आधासम्म अन्य अंशियारको मन्जुरी नलिईकन आफूखुस गर्न पाउने भन्‍ने हो । यसको मतलब पैत्रिक अचल सम्पत्ति हस्तान्तरण गर्नु पर्दा घर व्यवहार चलाउन अप्ठेरो परेको अवस्था सिर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10802वि.सं. २०७८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ मा अभियुक्त अदालतमा हाजिर भएको अवस्थामा सवारी दुर्घटनाबाट भएको हानि नोक्सानी भराउने सम्बन्धमा जिल्ला अदालतलाई अधिकार नभई त्यस्तो अधिकार कानूनी प्रावधानअनुसार प्रमुख जिल्ला अधिकारीलाई सुम्पिएको र सो मुताबिक उक्त क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10801वि.सं. २०७८संयुक्त इजलास

उत्‍प्रेषण

एउटा प्रकृतिको कार्यको लागि बनाइएको भवन अर्को प्रकृतिको कार्यका लागि उपयुक्त नहुन पनि सक्दछ । कार्य प्रकृतिअनुसार भवनको निर्माण सोहीअनुकूल र सोही प्रकृतिको नै हुनुपर्दछ भन्‍ने उल्लेख गरे तापनि स्वास्थ्‍य चौकीको प्रयोजनको लागि बनाइएको भवन अन्य प्रकृतिको कार्यका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10800वि.सं. २०७८संयुक्त इजलास

( कर्तव्य ज्यान

कर्तव्य ज्यान

बन्दकर्ता र बन्द खुलाउने समूहबिच दोहोरो झडप हुँदा घटना भएको, यसै व्यक्तिले मार्ने मनसायले हानेको र यसको ढुङ्गा प्रहारको चोटबाट मृत्यु भएको हो भन्ने स्पष्ट रूपले खुल्न आएको नपाइएको । प्रतिवादीले मार्नको लागि वचन दिएको भन्‍ने सम्बन्धमा वादी पक्षबाट तथ्ययुक्त ठोस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10799वि.सं. २०७८संयुक्त इजलास

फैसला, दोहोरो दर्ता, हालैको बकसपत्र बदरसमेत

जग्गा दर्तासम्बन्धी निर्णय वा पारित लिखत दुईवटा भएमा पहिलो दर्ता वा लिखतले मात्र मान्यता पाउने हुन्छ । तर विधायिका निर्मित कानूनी व्यवस्था दुईवटा भए पछिल्लो कानूनले मान्यता पाउने हुन्छ । त्यस्तै, अदालतको फैसलाको हकमा पनि पछिल्लो मितिमा भएको फैसलाले मान्यता पाउ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10798वि.सं. २०७८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

सङ्गठित अपराध निवारण ऐन, २०७० को दफा ९(क) बमोजिम भएको दुई वर्ष कैद लागु औषधसम्बन्धी कसुरमा भएको सजायमा गाभिने प्रकृतिको कैद सजाय नभएर त्यसमा थप हुने (अतिरिक्त) सजाय हो भन्ने कुरा ऐनमा प्रयुक्त “थप” भन्ने शब्दबाट नै प्रस्ट हुने । उक्त दफाबमोजिम हुने ठहर भएको सज…

नजिर सार पढ्नुहोस् →