नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10803 · वि.सं. २०७८

नि.नं. 10803 — लिखत बदर दर्ता बदर दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

घर व्यवहार चलाउने मुख्य व्यक्तिले घर व्यवहार चलाउन अप्ठेरो परेको अवस्थामा पैत्रिक अचल सम्पत्तिको आधासम्म अन्य अंशियारको मन्जुरी नलिईकन आफूखुस गर्न पाउने भन्‍ने हो । यसको मतलब पैत्रिक अचल सम्पत्ति हस्तान्तरण गर्नु पर्दा घर व्यवहार चलाउन अप्ठेरो परेको अवस्था सिर्जना हुनुपर्दछ । घर व्यवहार चलाउने मुख्य व्यक्तिले घर व्यवहार चलाउने प्रयोजनका लागि मात्र पैत्रिक तथा सगोलको अचल सम्पत्ति बिक्री गरी प्राप्‍त नगद रकम घर व्यवहारमै प्रयोग भएको हुनुपर्दछ । त्यस्तो सम्पत्ति हस्तान्तरण गर्दा नगद प्राप्‍त भएको हुनुपर्दछ । नगद प्राप्‍त नगरी हस्तान्तरण गरिएको सम्पत्तिले घर व्यवहार चलाउन कुनै भूमिका निर्वाह गरेको हुँदैन । नगद प्राप्‍त नगरी अन्य कुनै किसिमले सम्पत्ति हस्तान्तरण गरी घर व्यवहार मिलाउनुपर्ने अवस्थाको सिर्जना भएमा पनि सगोलकै हितको लागि हस्तान्तरण गरिएको हुनुपर्ने । अन्य अंशियारको अंश हकमा प्रत्यक्ष असर पर्ने गरी घर व्यवहार चलाउने मुख्य व्यक्तिले घर व्यवहार चलाउने कारण बिना सगोलको सम्पत्ति बकसपत्र गर्दछ भने सम्बन्धित अंशियारको मन्जुरी लिनु अनिवार्य हुन्छ । सगोलमा रहेका पिताले छोरालाई बकसपत्र गरी सम्पत्ति हस्तान्तरण भएमा त्यसले घर व्यवहारको अप्ठेरो फुकाउन वा खाँचो टार्न सक्दैन । घर व्यवहार चलाउने मुख्य व्यक्तिलाई त्यस किसिमबाट पैत्रिक सम्पत्ति हस्तान्तरण गर्न सक्ने सर्तरहितको स्वतन्त्रता विधायिकाले प्रदान गरेको देखिँदैन । अन्य अंशियारलाई प्रत्यक्ष असर पुर्‍याउने विधायिकी मनसाय नभएकोले विधायिकी मनसायविपरीत अदालतबाट व्याख्या गरिनु उपयुक्त र न्यायोचित नहुने । (प्रकरण नं.२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10803
मुद्दाको विषयलिखत बदर दर्ता बदर दर्ता
निर्णय वर्ष / मिति2076/11/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री सुष्‍मालता माथेमा | माननीय न्यायाधीश श्री बलभद्र बास्तोला | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री रमेश पोखरेल
मुद्दा नं.०६९-CI-१२२३ | ०६९-CI-१२३६ | ०६७-DP-०५१५ | ०६९-CI-१००७
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10803
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्