नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10817 · वि.सं. २०७९
नि.नं. 10817 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
आपराधिक दायित्वको समाप्तिपश्चात् कसुरदार विरूद्धको फौजदारी मुद्दाको कारबाही प्रक्रिया जे जुन अवस्थामा छ, सोही अवस्थामा अन्त्य भएको मानिने । जसअनुसार मुद्दा अनुसन्धानको चरणमा भए निज विरूद्ध अभियोजन नै नगरिने, अभियोजन भइसकेको भए मुद्दा खारेज गरिने र अदालतबाट कसुरदार ठहरी सजाय पाएको व्यक्तिको मृत्यु भएमा निजको कार्यान्वयन हुन बाँकी कैद वा जरिवाना स्वतः मिनाहा भएको मानिने । यद्यपि फौजदारी मुद्दाको जरियाबाट सिर्जित बिगो र क्षतिपूर्ति जस्ता देवानी प्रकृतिका दायित्व भने प्रतिवादीको मृत्युसँगै समाप्ति हुन नसक्ने । त्यस्तो दायित्व निजको हकवालामा हस्तान्तरित हुने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10817 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2078/04/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री प्रकाश ढुङ्गाना | माननीय न्यायाधीश श्री मीरा खड्का | माननीय न्यायाधीश श्री रमेश पोखरेल |
| मुद्दा नं. | ०७२-CR-१३८७ | ०७३-CR-०४४१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10817 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
