नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10816 · वि.सं. २०७९
नि.नं. 10816 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
अनुसन्धानमा सङ्कलित प्रमाणहरू न्यायिक परीक्षणका क्रममा समर्थित तथा सत्य साबित हुन सक्नुपर्दछ । त्यस्तै सङ्कलित प्रमाणहरू परस्पर विरोधाभाषपूर्ण नभई एकबाट अर्को समर्थन हुन सक्ने हुनुपर्ने हुन्छ । यदि अनुसन्धानमा सङ्कलित प्रमाणहरू न्यायिक परीक्षणका क्रममा समर्थित हुन आएनन् र परस्पर विरोधाभाषपूर्ण देखिए भने त्यस्ता प्रमाणको आधारमा कसैलाई अभियोग दाबीको कसुर गरेको रहेछ भनी दोषी ठहर गर्नु न्यायोचित नहुने । वादी पक्षले प्रतिवादीले अभियोग दाबीअनुसारको कसुर गरेको कुरा अदालत सामु सर्वोत्तम प्रमाण पेस गरी पुष्ट्याईं गर्न सक्नुपर्दछ । वादीले पेस गरेका प्रमाणहरू परस्पर समर्थित, प्रत्यक्ष तथा द्विविधारहित भएमा मात्र सर्वोत्तम प्रमाण मानिन्छन र त्यस्ता प्रमाणहरूलाई मात्र अभियोग दाबी ठहर गर्न आधारका रूपमा लिन सकिने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10816 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2078/04/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री हरि प्रसाद फुयाल | माननीय न्यायाधीश श्री भिमकुमार ओझा | माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल |
| मुद्दा नं. | ०७५-CR-०५२६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10816 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
