नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10801 · वि.सं. २०७८
नि.नं. 10801 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
एउटा प्रकृतिको कार्यको लागि बनाइएको भवन अर्को प्रकृतिको कार्यका लागि उपयुक्त नहुन पनि सक्दछ । कार्य प्रकृतिअनुसार भवनको निर्माण सोहीअनुकूल र सोही प्रकृतिको नै हुनुपर्दछ भन्ने उल्लेख गरे तापनि स्वास्थ्य चौकीको प्रयोजनको लागि बनाइएको भवन अन्य प्रकृतिको कार्यका लागि प्रयोग गर्दा त्यसमा पुनः मर्मत सम्भार, परिवर्तन गर्नुपर्दा खर्चमा वृद्धि हुने, भवन तोडफोड गर्दा भवन कमजोर हुन सक्ने हुँदा सकेसम्म सोही प्रकृतिको कार्यमा प्रयोग गर्नु उचित हुने । जनताको करबाट सङ्कलित रकमबाट साबिकमा बनेका संरचनाहरूलाई प्रयोजनविहीन बनाउने गरी नयाँ निर्माण गर्नेतर्फ अग्रसर हुनुलाई कानूनी कर्तव्य र दायित्वको पालनाभन्दा व्यक्तिगत स्वार्थबाट प्रेरित भएको मान्नुपर्ने । यस्तो कार्य सुशासनको दृष्टिकोणबाट पनि स्वीकार्य नहुने । राज्यकोषको यस प्रकृतिको दुरूपयोग सार्वजनिक सरोकार र चासोको विषय भएकोले यस्तो विषयमा जिम्मेवार निकायहरू सजग र सचेत रहनु आवश्यक हुने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10801 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2077/11/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी |
| मुद्दा नं. | ०७७-WO-०४९७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10801 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
