नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10806 · वि.सं. २०७८
नि.नं. 10806 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
पुनरावलोकन समितिलाई बोलपत्र दाता र सार्वजनिक निकायबिच बोलपत्रको सम्बन्धमा निर्णय र सम्झौता हुनुपूर्व पेस भएको बोलपत्रलाई छानबिन गरी निर्णय हुँदा बोलपत्रको छानबिनको कारबाही र निर्णयमा कुनै कानूनी त्रुटि हुन गएको भए पुनरावलोकन समितिले त्यस्तो त्रुटिहरूमा मात्र आवश्यक निर्णय गर्न सक्ने । बोलपत्रदाता र सार्वजनिक निकायबिच बोलपत्रको सम्बन्धमा सम्झौता नै भई सो सम्झौताबमोजिमको कार्य अगाडि बढिसकेपछि भइसकेको सम्झौताको सम्बन्धमा कुनै निर्णय गर्न पुनरावलोकन समितिलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५०(५) ले कुनै अख्तियारी प्रदान गरेको नदेखिने । बोलपत्र आह्वान गरी बोलपत्र दाता र सार्वजनिक निकायबिच सम्झौता भइसकेपछि प्रक्रियागत रूपमा गम्भिर त्रुटि (Gross Mistake) भएको अवस्थामा बाहेक कानूनले उक्त सम्झौतालाई परिपक्व मान्न खोजेको देखिने । (प्रकरण नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10806 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2078/06/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान |
| मुद्दा नं. | ०७५-WO-१३०६ | ०७४-WO-०३०८ | ०७४-WO-०१५५ | ०६८-WO-०५०३ | ०७४-WO-०२३२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10806 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
