नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10810 · वि.सं. २०७९
नि.नं. 10810 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
मृत्युकालीन घोषणा मानिसले आफू मर्नुअघि होस छँदै व्यक्त गरेको कथन (statement) हो । यस्तो कथन (statement) लिपिबद्ध हुन पनि सक्छ र नहुन पनि सक्छ तर निजले भनेको बेहोरा सुन्ने व्यक्तिले अदालतमा साक्षीका रूपमा उपस्थित भएमा प्रमाणका रूपमा लिन मिल्ने हुन्छ । यो hearsay is not an evidence भन्ने प्रमाण कानूनको अपवादको रूपमा महत्त्वपूर्ण प्रमाणमा ग्रहण गर्नुपर्ने आधार भनेको roman maxim “Nemo moriturus praesumitur mentire” हो जसको अर्थ a man will not meet his maker with a lie in his mouth हो, यसै कारणले नै मृत्युकालीन घोषणालाई प्रमाणका रूपमा लिइनुपर्छ भन्ने विधायिकाको मनसाय देखिने । कुनै पनि घटनाको प्रत्यक्षदर्शी भनेको नै पीडित व्यक्ति स्वयम् हुने हुनाले निजले व्यक्त गरेको कुरालाई सुन्ने, लेख्ने व्यक्तिले अदालतसमक्ष आई बकपत्र गरेमा र उक्त मृत्युकालीन घोषणा अरू प्रमाणहरूले समर्थन (corroborate) गरेमा उक्त कथन (statement) लाई निर्णायक प्रमाणका रूपमा लिइनुपर्ने । (प्रकरण नं.११) Inciter to be liable as perpetrator को व्यवस्था हाम्रो कानूनी व्यवस्थासमेतले अङ्गीकार गरेको अवस्थामा ज्यानसम्बन्धी अपराधमा मुख्य भई वचन दिने व्यक्तिलाई पनि perpetrator को सरह सजाय गरिनुपर्ने हुँदा जन्मकैदको सजाय गरेको देखिन्छ । घटनामा आफैँ संलग्न नभए पनि मार्न आदेश वा मार्न सहमति दिने व्यक्तिलाई मृतकको मृत्यु हुँदैछ भन्ने foresightness of consequence हुने हुँदा मृतक मरे पनि मरोस् भन्ने desire of consequence अभियुक्तले राख्ने हुँदा वचन दिने व्यक्तिलाई पनि first offender कै रूपमा हेरिनुपर्ने हुन्छ र निजलाई सजाय गर्दा पनि first offender को दर्जामा राखी सजाय गरिनुपर्ने । (प्रकरण नं.१९) जाहेरीमा नाम उल्लेख हुनु र कसुरदार ठहर हुनु फरक कुरा हुने । (प्रकरण नं.२१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10810 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2077/06/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री शुभाषबाबु पुरी | माननीय न्यायाधीश श्री राजकुमार वन | माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा |
| मुद्दा नं. | ०७३-CR-०१८१ | ०७३-CR-०४५३ | ०७३-CR-०४५४ | ०७३-CR-०४५५ | ०७३-CR-०४६१ | ०७३-CR-०८३८ | ०७५-CR-०४२८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10810 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
