नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10800 · वि.सं. २०७८
नि.नं. 10800 — ( कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
बन्दकर्ता र बन्द खुलाउने समूहबिच दोहोरो झडप हुँदा घटना भएको, यसै व्यक्तिले मार्ने मनसायले हानेको र यसको ढुङ्गा प्रहारको चोटबाट मृत्यु भएको हो भन्ने स्पष्ट रूपले खुल्न आएको नपाइएको । प्रतिवादीले मार्नको लागि वचन दिएको भन्ने सम्बन्धमा वादी पक्षबाट तथ्ययुक्त ठोस सबुत प्रमाण प्रस्तुत गर्न नसकेको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३९४० नं। मा उल्लेख भएको वचन दिने कार्यको अर्थ सामान्य र सतही रूपमा ग्रहण गरिनु नहुने । इच्छित आपराधिक परिणाम प्राप्तिका लागि कर्ताको रूपमा आदेश दिने कार्य भएको अवस्था देखिनुपर्ने । ९प्रकरण नं।५० वादीका तर्फबाट स् विद्वान् सहन्यायाधिवक्ता श्री ईश्वरी बञ्जाडे प्रतिवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद सापकोटा, तथा अधिवक्ताहरू श्री टिकाराम भट्टराई, डा। श्री दिनमणी पोखरेल र श्री मुकुन्द न्यौपाने
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10800 |
|---|---|
| मुद्दाको विषय | ( कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2077/10/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री टेकनारायण कुँवर | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री सरिता शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10800 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
