नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10812 · वि.सं. २०७९

नि.नं. 10812 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

पोलिग्राफ परीक्षण प्रतिवेदन कुनै भरपर्दो प्रमाण होइन; पोलिग्राफ परीक्षण पद्धतिलाई वैज्ञानिक रूपमा भरपर्दो र विश्वसनीय तुल्याउने कानूनी आधारहरू तयार भएको अवस्था पनि देखिँदैन; यस प्रकारको परीक्षणलाई न्यायिक मान्यता प्रदान गर्दा व्यक्तिका केही मौलिक हक अधिकारमा आघात पर्न सक्ने सम्भावनासमेत रहेको देखिन्छ; यस प्रकारको परीक्षणले अभियोग प्रमाणित वा खण्डित गर्न कुनै खास तार्किक आधारसमेत प्रदान गर्ने देखिँदैन; पोलिग्राफ परीक्षणबाट अनुसन्धानकर्ताको कार्यमा केही सहजीकरण प्राप्त हुन सक्ने भए पनि यसले मुद्दाको सिलसिलामा आरोपित कसुर ठहर गर्न उपयोगी हुने सम्बद्ध प्रमाणको स्थान ग्रहण गर्न नसक्ने । तसर्थ पोलिग्राफ परीक्षण प्रतिवेदनलाई कुनै कसुरको अभियोग दाबी ठहर गर्ने प्रयोजनका लागि प्रमाणमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.२०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10812
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2078/04/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री खिलनाथ रेग्मी | माननीय न्यायाधीश श्री शेषराज सिवाकोटी | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्कीको रायमा मेरो सहमति रहेको उक्त फैसलामा: “पोलिग्राफ परीक्षण पद्धतिबाट परीक्षण गरी निस्केको निष्कर्ष (Finding) लाई अनुसन्धान, तहकिकातको क्रममा संकलित प्रमाणबाट समर्थित गरेको अवस्थामा त्यस्तो पोलिग्राफ परीक्षण पद्धतिबाट परीक्षण गरी निस्केको निष्कर्ष एवं रायलाई प्रमाणको रूपमा ग्राह्य गर्न सकिने हुन्छ; यथार्थमा पोलिग्राफ परीक्षण पद्धतिअनुसार परीक्षण गरी प्रस्तुत भएको राय अन्य प्रमाणहरूबाट समर्थित भएमा वा त्यस्तो राय अन्य प्रमाणसँग तादाम्यतापूर्ण भएमा प्रमाणमा लिने कुरालाई अङ्गीकार गरिएको पाइन्छ” भन्ने बेहोरासमेत उल्लेख गरिएको देखिन्छ । अहिले यो फैसला तयार गर्दाको क्रममा उल्लिखित भाग्यनारायण बैठाको मुद्दामा भएको व्याख्या मेरो स्मरणमा रहेको
मुद्दा नं.०७४-CR-०३२१
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10812
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्