नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10819 · वि.सं. २०७९

नि.नं. 10819 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

पीडितले बकपत्र गर्दा निजलाई सोधिएका प्रश्‍नको सामान्य रूपमा नै जवाफ दिएको पाइएको र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले चिकित्साशास्त्रका सर्वमान्य सिद्धान्त र नेपालको परिप्रेक्ष्यमा निश्‍चित गरिएको मापदण्डको आधारमा यकिन राय नदिई पीडितको अभिभावकले मौखिक रूपमा पीडित मानसिक रूपमा केही सुस्त रहेको भनेका भरमा मात्र र निजको भनाइलाई स्वास्थ्य परीक्षण प्रतिवेदनमा उल्लेखसम्म गरेको आधारमा मात्र पीडित सुस्त मनस्थितिकी अपाङ्ग हुन् भनी प्रतिवादीलाई साबिक मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३क नम्बरबमोजिम थप सजाय गर्नु न्यायोचित नदेखिने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10819
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2078/10/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार आचार्य | माननीय न्यायाधीश श्री वीरबहादुर डाँगी
मुद्दा नं.०७५-CR-०३४२ | ०७५-CR-०४०५ | ०७४-CS-०२६२
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10819
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्