नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10790 · वि.सं. २०७८
नि.नं. 10790 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
तबला विषय सङ्गीतअन्तर्गतको विशेष विधा भएकोले सङ्गीतको विज्ञलाई तबलाको समेत विषय विज्ञ भनी व्याख्या गर्न सकिने देखिँदैन । तबला विषयको विज्ञका रूपमा तबला नै अध्ययन अध्यापन गरेको वा तबला विषयमा विज्ञता हासिल गरेको व्यक्तिलाई नियुक्ति गर्नुपर्ने । तबला विषयको अन्तर्वार्ताका लागि विज्ञका रूपमा नियुक्ति गरिएका व्यक्तिहरू सङ्गीत विषयका विज्ञ भएकाले तबला विषयको उपप्राध्यापक पदमा नियुक्तिका लागि लिइने अन्तर्वार्तामा तबला विषयका विज्ञका रूपमा नियुक्ति गरिएको कार्य कानूनसङ्गत देखिन नआउने । (प्रकरण नं.१०) प्रतिस्पर्धात्मक विश्वव्यापीकरणको वर्तमान समयमा कुनै पनि राज्यका प्रतिष्ठित संस्थाहरूले आफूलाई विश्वमा नै प्रतिस्पर्धात्मक बनाउनका साथै आफ्नो गौरवमय इतिहास, परम्परा र समयानुकूल परिवर्तन गर्नुपर्ने । कुनै पनि विषयको विषयविज्ञ आफ्नो राज्यमा उपलब्ध नभएको भनी फरक विषयको विज्ञलाई विषय विज्ञका रूपमा मनोनित गरी विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थामा प्राध्यापकहरू नियुक्त गर्ने कार्यहरू सम्पादन गर्दै जाने हो भने त्यसले उक्त संस्थाको साथै राज्यको मान प्रतिष्ठामा आँच आउनुका साथै राज्यको पुरानो र इतिहास बोकेको शैक्षिक संस्थाप्रतिको विश्वसनीयतामा ह्रास आउन सक्ने सन्देश जाने अवस्थाको सिर्जना हुने । कुनै पनि विषयको विज्ञ देशमा उपलव्ध हुन नसकेको अवस्थामा सो विषयको विज्ञ विदेशबाट भए पनि झिकाई निजबाट कार्य सम्पादन गर्नुपर्ने । कुनै विषय विज्ञको देशमा उपलब्धता छैन भन्दैमा अन्य क्षेत्रका विज्ञलाई मिल्दोजुल्दो विषय हो भनी विशेष विषयको विज्ञको रूपमा नियुक्ति गरी कार्य सम्पादन गरेबाट समग्रमा न्यायोचित देखिन नआउने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10790 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2078/05/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री कुमार रेग्मी |
| मुद्दा नं. | ०७७-WO-०८३२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10790 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
