नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10796 · वि.सं. २०७८

नि.नं. 10796 — बहुविवाह

सिद्धान्त / नजिर सार (Headnote Summary)

बहुविवाह मुद्दामा सबैभन्दा बढी पीडा मर्का पर्ने जेठी श्रीमती र निजतर्फबाट जायजन्म भएका सन्तानहरू नै हुन्छन् । कसुरको कार्य लामो अवधिसम्म गोप्य राखी प्रकट नगर्ने र जेठी श्रीमतीले पहिले नै थाहा पाइसकेको भनी मौखिक बयान बकपत्र गर्ने कार्यबाट हदम्याद गणना गर्नु विधायिकी मनसायअनुकूल नहुने । (प्रकरण नं.९) बहुविवाह सरकारवादी फौजदारी मुद्दा भएकाले उक्त कसुरको जानकारी जाहेरवालालाई कहिले भयो भन्दा पनि उक्त कसुरको सम्बन्धमा अनुसन्धान गर्ने निकाय वा अधिकारीलाई कहिले जानकारी प्राप्त भयो र जानकारी प्राप्त भएपछि आवश्यक अनुसन्धान तहकिकात गरी कानूनबमोजिमको हदम्यादभित्र मुद्दा दायर भयो कि भएन भन्ने कुराले नै महत्त्व राख्ने । (प्रकरण नं.१०) नागरिकता छुट्टै प्रयोग र प्रयोजनको लागि राज्यको भिन्न निकायबाट प्राप्त गर्न सक्ने हुँदा जेठी श्रीमती तथा बहुविवाहको मुद्दाको अनुसन्धान गर्ने निकायले उक्त तथ्यको जानकारी पाउने अवस्था नरहने हुँदा बहुविवाह मुद्दामा सो नागरिकता लिएको आधारले हदम्याद प्रारम्भ हुने अवस्था रहँदैन । बहुविवाह मुद्दामा सो कसुरको अनुसन्धान गर्ने कानूनबमोजिमको निकायले थाहा पाएपछि नै हदम्याद प्रारम्भ हुने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10796
मुद्दाको विषयबहुविवाह
निर्णय वर्ष / मिति2077/11/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री रामकृष्ण खनाल | माननीय न्यायाधीश श्री किशोर सिलवाल | माननीय न्यायाधीश श्री नीलम पौडेल
मुद्दा नं.०७१-CR-१३२४
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10796
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्