नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10766 · वि.सं. २०७८

नि.नं. 10766 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुलुकी ऐन, अंशबन्डाको ३० नं। को कानूनी व्यवस्थालाई अध्ययन गर्दा “लिई पाई दाखिल खारेज गराइसकेको” तथा “बन्डाबमोजिम आफ्नो आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्री व्यवहार गरेको व्यवहार प्रमाणबाट देखिनुपर्ने” भन्ने शब्दावली प्रयुक्त भई सो सर्तको कार्यान्वयन हुने गरी भएको बन्डाले मात्र कानूनी मान्यता पाउने भन्ने व्यवस्थाले उक्त कानूनी व्यवस्थाको अन्तर्यमा बन्डाको परिणाम स्वरूप अंशियारहरूमा सारभूत रूपमा अंशहक सिर्जना भएको छ वा छैन भन्ने कुरालाई महत्त्व दिएको देखिन आयो ल त्यस्तै, सो कानूनी व्यवस्थाको सुरूमै “बन्डा गरी वा नगरी” भन्ने शब्दावली प्रयोग भएको सन्दर्भमा समेत कानूनले बन्डा वा बन्डापत्रको प्रक्रियागत कुरालाई गौण राखी अंशियारहरूमा वास्तविक अर्थमा अंशबापत पाउने सम्पत्तिको स्वामित्व स्थापित हुनुपर्ने भन्ने कुरालाई परिणाममा हेर्नुपर्ने आशय बोकेको देखियो ल स्वामित्वको अर्थ, स्वामीलाई त्यस्तो सम्पत्तिमाथि अरू सबैका विरूद्ध प्राप्त हुने अधिकार हो ल बन्डाबाट जबसम्म सम्पत्तिमा स्वामित्व स्थापित हुँदैन, तबसम्म वास्तविक अर्थमा बन्डा भएको मान्न मिल्ने नदेखिने ल अंशबन्डाको सारभूत परिणाम (सुब्स्तन्तिअल चोन्सेकुएन्चेस्) भनेकै बन्डाको माध्यमबाट पाएको सम्पत्तिमा अंशियारको हक स्वामित्व स्थापित हुनु हो ल अंशबन्डाको हकमा रितपूर्वकको बन्डाको लिखत घरसारमा भएको होस वा अड्डामा रजिस्ट्रेसन पारित भएको होस्, त्यस्तो लिखतबाट हकवालामा जुनसुकै बेहोराले भए पनि एकपटक स्वामित्वको अधिकार सिर्जना नभई, वा करारीय योज्ञ्ता पुगेको प्राकृतिक व्यक्तिले कानूनको अधीनमा आफ्नो हक नछोडेसम्म नैसर्गिक अधिकारको रूपमा मान्यता प्राप्त अंश हकको परिणाम नै शून्य हुने हुँदा सार्थक परिणामबिनाको त्यसप्रकारको बन्डाको लिखतले मात्र अंशबन्डाको प्रक्रिया पूरा भएको मान्न नमिल्ने ल (प्रकरण नं।५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10766
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2077/09/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री दिपकराज जोशी
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10766
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्