नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10765 · वि.सं. २०७८

नि.नं. 10765 — मानव बेचबिखन तथा ‌ओसार पसार

सिद्धान्त / नजिर सार (Headnote Summary)

आरोप लगाइएका व्यक्तिउपर अभियोग मागदाबी लिई अभियोजन गर्नुअगाडि अभियोजकले मिसिल संलग्न प्रमाणहरूको मिहिन रूपमा विश्‍लेषण गर्नुपर्ने हुन्छ । जाहेरी पर्नु र सोउपर अनुसन्धान हुनु मात्र अभियोजनको आधार हुन सक्दैन । मिसिल संलग्न प्रमाणबाट प्रतिवादीउपरको अभियोग समर्थित गराउनु फौजदारी न्यायको सन्दर्भमा अभियोजकको अनिवार्य दायित्व हो । शंकाको भरमा प्रमाणको रोहमा समर्थित हुन नसकेको अभियोगबाट अभियोग स्थापित हुन सक्दैन । यस्तो अवस्थामा स्वाभाविक रूपमा त्यसको फाइदा अभियुक्तलाई पुग्ने । (प्रकरण नं.५) अपराध र अपराधीको जडसम्म नपुग्ने गरी गरिने अनुसन्धान र अभियोजनले न्यायको वास्तविक मर्म प्रतिबिम्वित गर्न नसक्ने । अप्रमाणित तथ्यलाई बलपूर्वक जोडी कसैउपर गरिने अभियोगले न्यायको वास्तविक चित्र प्रस्तुत गर्न नसक्ने । अनुसन्धान र अभियोजन पक्षले जिम्मेवारी पूरा नगरी पेस गरेको सतही अनुसन्धान, अभियोजन तथा खण्डित र टुक्रिएका प्रमाणको कडीमा कसुर कायम गरी गरिएको सजाय न्यायको रोहमा उपयुक्त नदेखिने । (प्रकरण नं.८) कसुर भयो भनी कसैउपर पोल गरिनु र सोही आधारमा कुन कानूनको उल्लङ्घन भयो सोतर्फ समेत विचार नगरी कसैउपर अभियोग लगाउने कार्य मात्रलाई फौजदारी न्यायले न्यायिक पर्याप्तता नमान्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10765
मुद्दाको विषयमानव बेचबिखन तथा ‌ओसार पसार
निर्णय वर्ष / मिति2077/06/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल | माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्‍ठ
मुद्दा नं.०७४-CR-०७३२
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10765
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्