नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10760 · वि.सं. २०७८

नि.नं. 10760 — अंश दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

जसले छोडपत्र लियो सो व्यक्ति मात्र अलग भएको भन्ने अर्थ लाग्दछ । समग्र अंशियारको अंश भएको भन्ने अर्थ गर्न नमिल्ने । छोडपत्रको कागज कायम रहेको अवस्थामा अंश नपाउने भनी अर्थ गर्न सकिएला तर सो छोडपत्रको कारणले छोडपत्र लिनेबाहेकका अन्य अंशियारहरू सगोलमा छैनन् र निजहरूले अंश पाउँदैनन् भन्न नमिल्ने । सगोलमा रहेका बाँकी अंशियारको संख्या यकिन गरी अबन्डा रहेको सम्पत्तिको तायदातीसमेत लिई दाबीबमोजिम वादीले अंश पाउने । (प्रकरण नं.४) कसैले आफ्नो हक छोडपत्र गर्दा अरूको अंश हक पनि गुमेको अर्थ गर्ने हो भने अंश जस्तो नैसर्गिक हकबाट वञ्चित हुने अवस्था आउने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10760
मुद्दाको विषयअंश दर्ता
निर्णय वर्ष / मिति2077/12/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री मोहनरमण भट्टराई | माननीय न्यायाधीश श्री फणिन्द्रदत्त शर्मा | माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल
मुद्दा नं.०६९-CI-१०२७ | ०६६-DP-०१५९
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10760
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्