नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10763 · वि.सं. २०७८
नि.नं. 10763 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
केवल आक्रमणकारीले जबरजस्ती करणी गर्न सक्छ होला भन्ने कोरा आशंका (मेरे स्पेचुलतिओन्) का आधारमा निजी रक्षाको हक क्रियान्वित हुन नसक्ने । आफूउपर आक्रमण हुन सक्छ भन्ने मनासिब माफिकको विश्वास गर्नुपर्ने कारण (रेअसोनब्ले बेलिएफ्) देखिनुपर्ने । (प्रकरण नं।१९क) आक्रमणकारीले पीडितलाई करणी गर्ने धम्की दिएको अवस्थामा धम्की अनुरूपको कुनै कार्य वा सोको लागि जोरजुलुम गरेको अवस्थामा प्रतिकार गर्दा वारदात घटित भएको हो भन्ने वारदात परिस्थितिबाट पुष्टि हुन आवश्यक हुने । जुलुमीले जबरजस्ती करणी गर्ने वा इज्जत लुटिदिने भनी धम्की दिएकै आधारमा मात्र निजको ज्यान मारेको अवस्थामा निजी रक्षाको जिकिरका लागि आवश्यक पूर्वावस्थाको विद्यमानता हुन नसक्ने । (प्रकरण नं।१९ख) सामान्य प्रतिरोधबाट बच्न सकिने अवस्थामा अत्यधिक बल (एक्स्चेस्सिवे फोर्चे) प्रयोग गरी ज्यानै लिनेसम्मको काम भएको अवस्थामा निजी रक्षाको जिकिर स्थापित हुन नसक्ने । निजी रक्षाको जिकिर लिने प्रतिवादीले ज्यान बचाउने अन्य कुनै उपाय नदेखी अन्तिम उपाय (थे लस्त रेसोर्त्) का रूपमा केही गर्दा जुलुमीको ज्यान मरेको अवस्था हुनुपर्ने । पीडितबाट आक्रमणकारीउपर गरिने प्रतिरोध समानुपातिक (प्रोपोर्तिओनलित्य ओफ रेसिस्तन्चे) भएको हुनुपर्ने । (प्रकरण नं।१९ग) आक्रमणकारीउपर बदला लिने (रेतलिअतिओन्) मनसायले गरिएको प्रत्याक्रमणलाई निजी रक्षाको जिकिर भनी मान्न नमिल्ने । आक्रमणकारीको कार्यबाट तत्काल उठेको रिस थाम्न नसकी उसै बखत गरेको प्रत्याक्रमणमा आक्रमणकारीलाई केही भएको अवस्थामा मात्र निजी रक्षाको जिकिर ग्राह्य हुने । (प्रकरण नं।१९घ)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10763 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2078/05/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री स्वीकृति पराजुली | माननीय न्यायाधीश श्री कृष्ण गिरी | माननीय न्यायाधीश श्री गोपाल भट्टराई |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10763 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
