नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10750 · वि.सं. २०७८

नि.नं. 10750 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

सार्वजनिक हक वा सरोकारको विवाद भन्‍नाले कुनै खास व्यक्ति वा व्यक्तिहरूको व्यक्तिगत हक वा सरोकारमा मात्र सीमित भएको विवाद नभएर नेपाल राज्यका सर्वसाधारण जनता वा कुनै जनसमुदायको सामूहिक हक वा सरोकारसँग सम्बन्धित भएको विवादको बोध हुन्छ । देशको सुरक्षा, शासन व्यवस्था, सामाजिक शान्ति, जनसाधारणको शिक्षा, स्वास्थ्य र नैतिकता, देशको आर्थिक अवस्था, साँस्कृतिक वा धार्मिक विषय, सामाजिक न्याय, वातावरणीय न्याय आदि विविध विषयहरू सन्दर्भअनुसार सार्वजनिक हित वा सरोकारको विषय बन्‍ने । सार्वजनिक हित वा सरोकारको विषय वा क्षेत्र यति नै हो भनेर सूचीकृत गर्न सकिँदैन । सामान्यतः सार्वजनिक सरोकारको विवादसम्बन्धी अवधारणाको विकासका क्रममा हकदैयाको आधार वा दायरा पनि फराकिलो बनेको छ तर यसको अर्थ जोसुकैले सार्वजनिक सरोकारको विवाद भनी अदालतमा निवेदन दिन मिल्ने र पाउने भन्‍ने हुँदैन । सार्वजनिक सरोकारको विवाद भनी निवेदन दिने निवेदक र सो निवेदनमा उल्लिखित कार्य वा विषयसँग निवेदकको तात्त्विक सम्बन्ध र सार्थक सरोकार रहेको देखिनुपर्ने । (प्रकरण नं.९) कानूनमा रिट निवेदनमार्फत उपचार माग गर्न हदम्याद तोकिएको हुँदैन तर हदम्याद नतोकिँदैमा जुनसुकै निर्णय वा घटनाको जहिलेसुकै निवेदन दिन र उपचार प्राप्‍त गर्न सकिन्छ भन्‍ने होइन । रिट निवेदनमार्फत उपचार माग गर्ने आफ्नो संवैधानिक वा कानूनी हकमा आघात परेपछि तत्कालै उपचार माग गर्नुपर्दछ । यदि तत्कालै उपचार माग गर्न नसकी ढिला हुन गएकोमा त्यसरी ढिलो हुनुको औचित्यपूर्ण कारण स्थापित गर्न सक्नुपर्ने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10750
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2076/03/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
मुद्दा नं.०७०-WO-०२७२
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10750
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्