नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10762 · वि.सं. २०७८
नि.नं. 10762 — लागु औषध
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पनि व्यक्तिका विरूद्ध राज्यका निकायले काल्पनिक वारदात खडा गरी झुठ्ठा मुद्दामा अभियोग लगाउने कार्य सभ्य समाजमा कल्पनासम्म गर्न नसकिने । यस्तो कार्य प्रहरीलाई प्राप्त अनुसन्धान गर्ने अधिकार तथा महान्यायाधिवक्ता वा सरकारी वकिललाई प्राप्त अभियोजन गर्न पाउने अधिकारको गम्भीर दुरूपयोग हुने । दुरासयपूर्ण अभियोजन (Malicious prosecution) बाट व्यक्तिका वैयक्तिक स्वतन्त्रताको अपहरण, मानवअधिकारको गम्भीर उल्लङ्घन तथा कानूनी राज्यको अवधारणाको उपहास हुने । (प्रकरण नं.१७) बदनियत वा दुराशयपूर्ण अभियोजनबाट पीडित व्यक्तिलाई पर्न गएको हानि नोक्सानी वा पीडाको परिपूरण गरिपाउने हकबाट निजलाई वञ्चित गर्नु न्यायोचित नहुने । (प्रकरण नं.२०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10762 |
|---|---|
| मुद्दाको विषय | लागु औषध |
| निर्णय वर्ष / मिति | 2078/07/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री ऋषिराम दवाडी |
| मुद्दा नं. | ०७२-CR-१०४३ | ०७०-CS-०३११ | ०६९-CR-०००६ | ०७१-CS-०३१० | ०६९-WO-१३०१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७८, नि.नं. 10762 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
