नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10752 · वि.सं. २०७८

नि.नं. 10752 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै व्यक्ति कसुरमा संलग्न हुन सक्दछ । त्यस्तो व्यक्तिलाई सुधारको अवसर दिँदा सुध्रिएर समाजको लागि उपयोगी साबित हुन सक्छ भन्‍ने दण्डको सुधारवादी सिद्धान्त मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ मा अन्तरनिहित रहेकोले यो दफाको व्याख्‍या र प्रयोग गर्दा उदारवादी दृष्‍टिकोण राख्‍नु न्यायसङ्गत हुने । विधायिकाले प्रदान गरेको यो अधिकार विधायिकी मनसायअनुरूप आवश्‍यकता, उपयुक्तता र एकरूपताको आधारमा प्रयोगमा ल्याउनु वाञ्‍छनीय देखिने । विधायिकाले प्रस्ट शब्दमा कुनै कुराको प्रतिबन्ध नगरेसम्म प्रतिबन्ध गरेको छ भनी अनुमान गर्न नहुने । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ को प्रयोग अदालतमा उपस्थित भएका वा थुनामा रहेकाहरूका हकमा मात्र आकर्षित हुने र म्यादमा हाजिर नहुने प्रतिवादीका हकमा प्रयोग नहुने भनी प्रतिबन्ध नलगाएसम्म कैदबापत रकम तिर्न पाउने सुविधाको माग गर्ने विषयमा प्रतिबन्ध लगाएको मानी सोही आधारमा सुविधाबाट वञ्‍चित गरिनु कानूनको समान प्रयोगको सिद्धान्तसँग मेल नखाने । फौजदारी न्याय प्रणालीलाई पारदर्शी, स्वच्‍छ, न्यायपूर्ण प्रक्रिया र पद्धतिद्वारा प्रस्ट रूपमा निर्धारित सर्तबाहेकका अन्य सर्त बन्देज प्रतिबन्ध लाग्ने गरी कानूनको व्याख्या वा प्रयोग गरिनु नहुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10752
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2077/08/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
मुद्दा नं.०७७-WH-००९१ | ७६७-WH-०३३० | ०७६-WO-०३३० | ०७६-WH-०३३० | ०७५-CR-००११
उद्धरण सन्दर्भने.का.प. २०७८, नि.नं. 10752
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्